ताजा समाचार

News

छोरीलाई केराखेतीबाट पीएचडी

२०७५ कार्तिक ६ मंगलबार
image not found

     कन्चनपुरको भीमदत्त नगरपालिका–१०, तिल्केनीकी पार्वती साउदले व्यावसायिक केराखेती गरेर राम्रो आम्दानी गर्न सफल भएकी छन् ।

वि.सं. २०५४ सालमा थोरै जमिनाट केराखेती सुरु गरेकी साउद २०७१ सालमा ‘प्याक्ट’को कार्यक्रम लागू भएपछि व्यावसायिकरुपमै केराखेतीमा लागेकी हुन् ।

व्यावसायिक केराखेती गरेको पाँच वर्षमात्रै भएको बताउँदै साउदले यसबाट प्राप्त आम्दानीबाटै छोरीलाई डाक्टर पठाउनसकेको बताइन् ।

धान, गहुँभन्दा केराखेतीबाट चार गुना बढी फाइदा हुने भएकाले यसमा लागेको उनको अनुभव छ केराखेतीबाट राम्रो आम्दानी हुन थालेपछि कन्चनपुरमा केराखेती गर्ने कृषकहरु बढिरहेका छन् ।

प्रमुख समाचार

कर्मचारी

View All