ताजा समाचार

News

प्रथम बेलौरी महोत्सवलाई शुभकामना ।

२०७५ कार्तिक १ बिहिबार
image not found
सुदूर पश्चिम प्रदेश काली कर्णाली बीचको मैदानी भाग, माल मदेश कैलाली कञ्चनपुरको पुरानो सदरमुकाम नेपाल देखि खेल मैदानका रुपमा प्रयोग र संरक्षण हुँदै आएको खुला मञ्चमा कार्तिक आठदेखि बेलौरी उद्योग बाणिज्य संघको आयोजनामा सञ्चालन हुने एघार दिने बेलौरी महोत्सवको पूर्ण सफलताको लागि हजारौं कोष टाढा साउथ अष्ट्रेलिया प्रदेश एडिलेड महानगरी थ्री आर्हमकोट सल्सवरी डावन्सबाट शुभकामना हरपहरु कोर्न पाउँदा खुशी लागेको छ ।
 
सन्ताउन्न बर्ष पहिलो २०१९ साल माघमा बेलौरीकै क्षितिजमा कालो वादल मडारियो  । राजा महेन्द्रको चार महिने सवल शिकार इमलीया क्याम्पबाट शताब्दी लामो समयदेखि राज्इबाट प्राप्त सिन्दूर सौभाग्य खोशीयो ।
 
एकाएक सदरमुकाम हटाउने आदेश आयो । वी।पी।कोइराला नेतृत्वको प्रथम जननिर्वाचति सरकारलाई उनै राजा महेन्द्रले एक वर्ष पहिलो सैनिक बलका आधारमा अपदस्थ गर्दा जेलनेल पर्नबाट बचेका निर्वासित वा भूमिगत नेता कार्यकर्ताको प्रभावले देशका विभिन्न ठाउँमा विद्रोहको घटना हुनथाले ।
 
२०१८ भदौं १४ गते राती बेलौरीमा पनि विद्रोह भयो । त्यही बेलौरी हो जहाँ २००९ सालमा भिमदत्त पन्त विद्रोहले उत्कर्षको रुप लिएको हो । यिनै राजनैतिक पृष्ठ भूमिका कारण बेलौरीबाट सदरमुकाम हटाईएको हो । चालु दशक चोरी डकैतीको कारणबाट बेलौरीका लागि आतङ्कको दशक रह्यो ।
 
पुराना बासिन्दाको समन्वयात्मक सामाजिक सद्भावका प्रभावले देशका विभिन्न भागबाट र परवास समेतबाट बसाई सरेकाहरुको बसोबास सीमा ईलाकामा केही भूतपूर्व सैनिकहरुको बसोबास, पुनर्वास कम्पनी मातहत गरिएको बसोबासका कारण यहाँको समाज मिश्रित र उर्जाशील, बन्न पुग्यो ।
 
छोटै समयमा दर्जनबढी विद्यालयहरु खुले । दर्जन हाराहारीमा ससाना बजारहरु स्थापना भए । यही क्रममा २०२९ साल वसन्त पञ्चमी ९सरस्वती पुजा० का दिन अपरान्हतिर हाल बेलौरी बजार पार्कनिर खुला चौरमा सञ्चालित तत्कालिन महाकाली नि।मा।वि।मा प्रसाद ग्रहणका लागि उपस्थित अभिभावक र गण्य मान्य व्यक्तित्वहरुको समूह भेलामा परिणत भएर बजार स्थापना गर्न तत्कालिन प्रधानपञ्च तौला रानाको नेतृत्वमा गठित नगर विकास समितिले २०३८ सालसम्म कार्यक्रम सञ्चालन ग¥यो । २०३८ देखि २०४७ एकदशक अवधिमा स्थानीय उद्योगपति, व्यापारी, समाजसेवी तीनजना विशिष्ट व्यक्तित्वको क्रमिक नेतृत्वका समितिहरुले सरकारको संलग्नता विना पनि नगर विकासको कार्य अगाडि बढाउँदै लगे ।
 
२०४७ चैतमा कृष्णप्रसाद भट्टराई नेतृत्वको अन्तरिम सरकारले बेलौरी नगर विकास समितिलाई कानूनी मान्यता दिएर नगर विकास समिति ऐन २०२४ अन्तरिम संशोधन २०४७ अनुसारको राजपत्राङ्कित नगर विकास समिति घोषणा गर्दा ऐतिहासिक उपलब्धी भएको हो ।
 
२०७१ सालमा सुशिल कोइराला नेतृत्वको सरकारबाट बेलौरी नगरपालिका घोषित हुनु २०७२ सालमा मालपोत र नापी कार्यालय स्थापना हुनाले सदरमुकाम पुनस्र्थापित भएको झल्को ल्यायो । संयोग नै मान्नुपर्छ सुशिल कोइराला उत्तरवाल्यावस्थाको पालनपोषण र शिक्षादिक्षा बेलौरीमा नै भएको थियो । पुष्पकमल दहाल नेतृत्वको सरकारले २०७३ सालमा बेलौरीलाई “नमुना शहर” बनाउने निर्ण गर्नु अर्को महत्वपूर्ण उपलब्धी हो ।
 
बेलौरी उद्योग वाणिज्य संघद्वारा विधानको प्रस्तावना र उद्देश्यमा पारवहनसम्मको व्यापार सुविधाका लागि प्रस्तावित पूर्वपश्चिम रेलवे सितको पहुँच तथा भारतीय रेलवेसितको कनेक्टीभिटीलाई आत्मसात गरिनु बेलौरीको उज्ज्वल भविष्यको द्योतक मानिएको छ ।
 
राज्यको तर्फबाट उनान्सय बर्ष पहिले ९सन् १९२०मा० वृटिस भारतसित शारदा नहर र वनवसा व्यारेज प्रोजेक्टका लागि जमिन सट्टाभर्नासम्मको वैदेशिक सम्झौता कार्यान्वयन गर्ने जिम्मेवारी समेत वहन गरेको परिस्थितिले बेलौरीको अन्तर्राष्ट्रिय कुटनैतिक महत्व पनि पुष्टि गर्दछ ।
 
बेलौरीको भौगोलिक सांस्कृतिक कृषि पर्यटकीय राजनैतिक कुटनैीतक ऐतहिासिक प्रशासनिक महत्वका आधारमा  वरिपरिका गाउँवस्ती र बजार सहितको नेपाल सरकारले निर्णय गरे अनुसार अत्याधुनिक नमुना शहर निर्माण गर्ने महान जिम्मेवारी बेलौरी नगरपालिका सुदूरपश्चिम प्रदेश सरकार संघीय सरकार बेलौरी उद्योग वाणिज्य संघ, यस क्षेत्रका सम्पूर्ण नेता कार्यकर्ता, उद्योगी व्यवसायी बुद्धिजिवी समाजसेवीको काँधमा आएको छ ।
 
महोत्सवको भव्य तयारी भैरहेको बेला तयारीका केही झलक अनुमानका आधारमा सम्झी रहेछु, देखिरहेछु र लेखिरहेछु । महोत्सवस्थल चारैतिर सफासुग्घर राखिएको छ। उज्यालोका लागि विद्युत जडान गरिएको छ । सोलार विद्युतको व्यवस्थाले उज्यालोको विश्वसनियता बढेको छ । खुलामञ्चमा प्रवेश र निकासका लागि पूर्वतर्फ लक्ष्मी स्वीट पुन होटेल बीचमा पहिलो आकर्षक भव्यद्वार छ । मध्यभागमा वाणिज्य बैंक श्रेष्ठ फर्निचर हाउस बीचमा दोस्रो प्रवेशद्वार र अस्पताल चोक, चन्द मेडिकल पछाडि तेस्रो स्वागतद्वार बनेको छ ।
 
पश्चिमतिरको स्वागतद्वार देखि पूर्वतर्फको स्वागतद्वारसम्म स्वास्थ्य केन्द्रको पर्खाल र खेलमैदानको उत्तर बजार लाईनका घरहरुको पछाडि बनेको सेफ्टी हल निकाससित जोडिएको ६१२ फिट लामो १६ फिट चौडा एङ्गलाकार आर सी सी सोल्जरले बाँधिएको मैदानको सतहदेखि लगभग एकफिट अग्लो बनाएर इटा स्वेलिङ गरी निर्माण गरिएको आकर्षक बाटोले महोत्सवस्थल मात्र नभएर बेलौरी बजारकै सुन्दरता स्वच्छता र सुविधा बढएको छ । महोत्सवस्थल सामुन्ने बजार लाइनका घरहरुले गरेको सरसफाई र रङ्गरोगनले महोत्सवस्थललाई रमणीय बनाएको छ ।
 
एक लाख मानिसले अवलोकन गर्ने अनुमान गर्दा दैनिक नौ हजारभन्दा बढी मानिसले अवलोकन गर्ने सम्भावना हुन्छ । शौच सुविधाका लागि पायकपर्ने स्थानमा महिला पुरुषका लागि अलग अलग स्थानमा बनाइएका चारचार कम्पार्ट भएका चारवटा शौचालयले पनि महोत्सव व्यवस्थापनमा ठूलो सहयोग पुग्नेछ । पायकपर्ने ठाउँमा राखिएका सेफ्टी डष्टविनहरुले फोहोर मैला व्यवस्थापनमा पर्याप्त सुविधा पुर्याउँछ होला ।
 
महोत्सव सडक डिभिजन कार्यालय महेन्द्रनगरको अग्रसरतामा कलुवापुर–बेलौरी राजमार्ग खण्डको मैनाहा देखि बेलौरी बजार भन्सार हुँदै नेपाल भारत सीमानासम्मको ६ किलोमिटर सडकलाई सर्वेनापीबाट कायम गरिएको नक्सानुसार अन्तर्राष्ट्रिय सीमाक्षेत्र जोड्ने महत्वपूर्ण सडकको चौडाई र गुणस्तर विषयमा राष्ट्रिय नीतिको कदर गर्दै प्रस्तावित नमुना शहर, प्रस्तावित नाका भन्सार बेलौरीका लागि उपयुक्त हुने मापदण्डलाई ध्यानमा राखी बेलौरी महोत्सवको शुभअवसर पारेर सडकका आङ्गिक अरु संरचना, खानेपानी, विद्युत, ढल निकास, वृक्षारोपण, पौडण्डी ९फुटपाथ० हरिदपेटी आदि समेतको रुप रेखा तैयार पारी बीचको सुविधाजनक डवललेन गर्ने कामका लागि सरोकारवाला निकाय धन्यवादका पात्र र बेलौरी वासी बधाईका पात्र बनेका छन् ।
 
महोत्सव आयोजक वर्गको समन्वयकारी भूमिका, सर्वपक्षीय सहयोग र समर्थनमा बेलौरी क्षेत्रभरी उत्साह उम्रग फैलियोस, दशैं दिपावली र छटको अवसरमा आयोजित बेलौरी महोत्सव सफल होस् यही छ शरदकालिन हार्दिक शुभकामना ।।।
 
                                                                                                                                                                             केशव राज जोशी
                                                                                                                                                                                पूर्व प्राचार्य 
 
 

प्रमुख समाचार

कर्मचारी

View All