ताजा समाचार

News

कर्णाली नदीमा डुंगा पल्टिँदा हराइरहेका दुईजनाको विहानैदेखि खोजी हुँदै

२०७५ असोज ३० मंगलबार
image not found

कर्णाली नदीमा डुंगा पल्टिँदा हराइरहेका दुईजनाको मंगलबार विहानैदेखि खोजी भैरहेको छ ।

साेमबार बेलुकी कैलालीको मोहन्याल गाउँपालिका–७ चिसापानी घुम्न गएका बेला डुंगा पल्टिँदा हराइरहेका कैलालीको जोशीपुर गाउँपालिका–२ का पुरुषोतम चौधरी र समीर बडेलाको विहानैदेखि खोजी भैरहेको प्रहरीले जनाएको छ ।

डुंगामा रहेका पाँचजना मध्ये तीन जनाको उद्धार गरिएको थियो । डुंगा पल्टिँदा घाइते भएका चालक प्रकाश विष्ट उपचारपछि घर फर्किएको पनि प्रहरीले जनाएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All