ताजा समाचार

News

डोटीमा जनावरलाई थापेको पासोमा परी एक घाइते

२०७५ असोज २९ सोमबार
image not found

डोटी – जंगली जनावरलाई थापेको पासोमा परि डोटीको शिखर नगरपालिका वडा नं–३ मुडभारा बस्ने ४५ वर्षका तारी जोरा गम्भीर घाइते हुनुभएकाे छ ।

जिल्ला प्रहरी कार्यालय डोटीले दिएको जानकारी अनुसार पासोमा परी गम्भीर घाइते भएका जोरालाई उपचारका लागि भारततर्फ पठाइएको छ । डोटीका प्रहरी प्रमुख एसपी बिद्यानन्द माझीले पासो थाप्ने त्यसै ठाउँका कटी जोरा रहेको भन्ने बुझिएकाले थप अनुसन्धानका लागि प्रहरी टोली पठाएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘अनुसन्धानका लागि प्रहरी टोली पठाएका छांै ,विस्तृत विवरण पासो थाप्नेबाट बुझिने छ ।’ 

पछिल्लो समय डोटीमा जंगली जनावर मार्ने क्रम बढेको स्थानियबासीको भनाई छ । जंगली जनावरलाई मार्नु कानुनविपरित भए पनि लुकीछिपी चोरीशिकार गर्नेहरुको संख्या बढेको बताइएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All