ताजा समाचार

News

गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन

२०७५ असोज २८ आइतबार
image not found

कञ्चनपुर -  कञ्चनपुरको गड्डाचौकी नाकामा तालिम प्राप्त कुकुर परिचालन गरी सुरक्षाजाँच गर्न थालिएको छ ।

दसैंलाई लक्षित गर्दै नेपाल प्रहरीले सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाउन तालिम प्राप्त कुकुर प्रयोग गरेर सुरक्षा जाँच गर्न थालेको हो ।

खुला सिमानाका कारण चाडपर्वका बेला गड्डाचौकी नाकाबाट अवैध कारोबार हुनसक्ने र लागूऔषधको ओसारपसारसमेत हुनसक्ने सम्भावना देखिएको भन्दै प्रहरीले विशेष सुरक्षा योजनाअन्तर्गत धनगढीबाट ल्याइएका तालिम प्राप्त कुकुरलाई छठसम्म कञ्चनपुरमा राखिने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

फुच्चे नाम गरेको तालिम प्राप्त कुकुरले सुँधेर लागूऔषधको ओसारपसार भए नभएको चेकजाँच गर्ने गर्दछ ।

प्रमुख समाचार

कर्मचारी

View All