ताजा समाचार

News

डा.पण्डितको बिषयलाई लिएर दुबै पक्ष द्धारा प्रेस विज्ञप्ती जारी

२०७५ असोज २८ आइतबार
image not found
सितल भट्ट / 
बेलौरी २८ -
 
बेलौरीको श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समिति र नेपाली काँग्रेसविच अहिले आरोप प्रत्यारोप भईरहेको छ । स्वास्थ्य केन्द्रका डा. अमित पण्डितको बिषयलाई लिएर नेपाली काग्रेस क्षेत्र नम्बर १ को क्षेत्रिय समिति र श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समिति ले छुट्टा छुट्टै प्रेस विज्ञप्ती जारी गरेका छन । स्वास्थ्य केन्द्र व्यवस्थापन समिति ले काँग्रेस नेता एव पुर्व माननिय सांसद दिवान सिह बिष्ट द्धारा श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर अमित पण्डित लाई कुटपिट गरेको भन्ने आरोप लागेको छ । 
 
भने काँग्रेस बेलौरी नगर समितिले डा. पण्डितलाई नै दोसारोप गरेको छ । बेलौरी काँग्रेस नगर समिति र क्षेत्रीय समितिले प्रेस विज्ञप्ती जारी गर्दै अस्पतालमा कार्यरत दुई जना डाक्टरको करार अवधि थपका लागि अनुरोध गर्दा समेत अटेरी गरि निजी क्लिनिमा काम गर्ने डा. पण्डितलाई सामान्य प्रकृया नपु¥याई भर्ना गरेको विषय विवादित भएको जनाएको छ । 
 
काँग्रेसले जारी गरेको विज्ञप्तीमा डा. पण्डितले गरेको गल्तीका बारेमा नगर प्रमुखलाई समेत ज्ञापन पत्र र विरोधका कार्यक्रम मार्फत सच्चिन र व्यवस्थापन समितिको गैर जिम्मेबारी निर्णय सच्याउन आग्रह गर्दा समेत आफ्नो गल्ती ढाकछोप गर्ने नाममा बिरामीको सहि उपचार नगरी पोष्ट मार्टम नगर्ने, सर्पले टोकेको बिरामीको समान्य उपचार समेत नगर्ने , अस्पतालमा भएका निःशुल्क  पाईने औषधी समेत निजी क्लिनिमा खरिद गर्न लगाउने,  रगत, खकार, पिसाब, अल्ट्रासाउण्ड लगायत प्याथोलोजी सम्बन्धी चेकचाँच बाहिर आफुले काम गर्ने क्लिनिमा गर्न लगाउने आरोप लगाईएको छ ।
 
भने यता,
स्वास्थ्य केन्द्रले २६ असोज बिहान ७ः३० बजेतिर बेलौरी नगरपालिका –६ की २६ बर्षिय चन्द्रा थापाको थलकेदार क्लिनिकमा उपचार गर्न आउँदा अवस्था गम्भिर देखेपछि डा.पण्डितले क्लिनिकमा कार्यरत स्टापको सहयोगमा प्राथमिक स्वास्थ्य केन्द्रमा लगि अक्सिजन दिई उपचार गर्दा समेत बिरामीको अवस्था सुधार नआएपछि डा.आफैले बिरामीको घर परिवारलाई खबर गरि एम्बुलेन्स बोलाएर धनगढी लैजान रिफर गरी पठाउने तयारी भईरहेको अवस्थामा एक्कासी पुर्व सासद बिष्टले स्वास्थ्य केन्द्रकै अगाडी पिटेको भन्दै गम्भिर ध्यानाकर्षण भएकोे बिज्ञप्ती मार्फत जनाएको छ । 
 
तर, काँग्रेसले असोज २६ गते बिहान चन्द्रा थापा अस्पतालको बेडमा छटपटाई रहेको अवस्थामा अस्पताल हाता भन्दा बाहिर गई बसेका डा.पण्डितलाई भित्र गई बिरामीको उपचारमा सहयोग गर्न आग्रह गरेको विषयलाई अतिरञ्जित रुपमा अपब्याख्या गरिएको जनाएको छ । 
 
केन्द्रले जारी गरेको विज्ञप्तीमा व्यवस्थापन समितिको निर्णय अनुसार ग्रामिण क्षेत्रको स्वास्थ्य केन्द्रमा बाहिरबाट आई सेवा गरिरहेका डा.पण्डितलाई काममा सहज वातावरण बनाई सहयोग गर्नुको साटो देशको सर्वोच्च निकाय संविधान सभा सदस्य भई संविधान जारी गर्न हस्ताक्षर गर्ने हातले नै कुटपिट हुन लज्जासत्मक विषय भएको दावि गरेको छ । उता भने काँग्रेसले पटक पटक उपचारमा चरम लार्पबाही गर्ने डा.पण्डितको बर्खास्ती र सामान्य प्रकृया समेत नपु¥याई कर्मचारी भर्ना गर्ने व्यवस्थापन समितिलाई आवश्यक कार्बाहीका लागि बेलौरी नगरप्रमुख र इलाका प्रहरी बेलौरीमा स्थानीयले अनुरोध गर्दा त्यसको प्रतिकार गर्न निकालिएको विज्ञप्तीको भत्र्सना गरिएको छ । 
 
काँग्रेसले जारी गरेको विज्ञप्तीमा डा.पण्डित र गैर जिम्मेबारी कार्य गर्नेलाई कडा कार्बाहीको माग अघि सार्दै डा.बर्खास्ती र प्रकृया नै नपु¥याई भर्ना गरिएका कर्मचारी खारेजीको माग अघि सारिएको छ । भने स्वास्थ्य केन्द्रंका डा. माथी भएको आक्रमणको विषयलाई लिएर स्वास्थ्यकर्मीले स्वास्थ्य सेवा बन्द गराएको जनाउदै डा.माथि भएको कुटपिटको घोर भत्र्सना गर्दै घटनाको छानबिन गरि दोषि माथि कार्बाहीको माग गरिएको छ । श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्रका अध्यक्ष अर्जुन ढकालद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा स्वास्थ्यकर्मीलाई आकस्मिक सेवा बन्द नगरि काममा फर्किन अनुरोध गरिएको छ । 
 
भने काँग्रेस क्षेत्रीय समितिका सभापति गोपी प्रशाद उपाध्यय सचिव बिश्राम रानाद्वारा हस्ताक्षरित गरिएको विज्ञप्तीमा प्रकृया नपु¥याई भर्ना गरिएका कर्मचारी खारेजी नगरि काँग्रेसले आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
शुक्रबार प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा भएको घटनाको विषयलाई लिएर चौतर्फि रुपमा घटनाको सत्यतथ्य बारे स्थानीयले चासो दिएका छन् । यस घटनाले पुर्णता नपाउदा दिन प्रतिदिन वास्तबिकता जान्न सबैलाई जन चासो बढेको छ ।
 
दुबैले पक्षले जारी गरेका प्रेस बिज्ञप्ती जस्ताको त्यस्तै :-
 

प्रमुख समाचार

कर्मचारी

View All