ताजा समाचार

News

काठमाडौं–७ को सांसद बन्ने योजनाबाट गौतम पछि हटे

२०७५ असोज २६ शुक्रबार
image not found

काठमाडौं-  नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् । 

पार्टीभित्रकै तीव्र विरोध र क्षेत्रका स्थानीय नेता एवं सर्वसाधारणबाट समेत व्यापक आलोचना भएपछि गौतम तत्कालका लागि पछि हटेका हुन् ।

उनले बिहीबार स्थानीय नेताहरुलाई आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाएका छन् । स्थानीय जनमत र पार्टीभित्रको अवस्थालगायतको कारण देखाउँदै उनले तत्काल सांसद बन्ने दिशामा नलाग्ने उल्लेख गरेको स्थानीय नेताले जानकारी दिए ।

प्रमुख समाचार

कर्मचारी

View All