ताजा समाचार

News

निर्मलाको निम्ति न्यायको माग गर्दै कांग्रेस नेता लेखक धर्नामा

२०७५ असोज २१ आइतबार
image not found

मोहन बिष्ट/

कञ्चनपुर-

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको न्यायका लागि भन्दै अधिकारकर्मी मिना भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले भीमदत्त नगरपालिका–४ महेन्द्रनगरको भेटघाट चौतारामा आयोजना गरेको धर्ना कार्यक्रममा कांग्रेसका नेता रमेश लेखकले सर्मथन गरेका छन् ।

शनिबारदेखि कांग्रेस क्षेत्रीय समितिको सम्मेलन उद्घाटनका लागि कञ्चनपुर आइपुगेका कांग्रेस केन्द्रिय सदस्य एवं पुर्वमन्त्री लेखक आइतबार बिहान ८ बजेदेखि आधा घण्टा धर्नामा बसेका हुन् । नागरिक संघर्ष समिति कञ्चनपुरका संयोजक मिना भण्डारीले नेता लेखक स्वमय धर्नामा बसेर निर्मलाको न्यायका लागि आफ्नो साथ, सर्मथन र सहयोग रहने आश्वासन दिएको बताए ।

धर्नामा बसेपछि नेता लेखकले आफ्नो समाजिक संञ्जाल फेसबुक मार्फत निर्मला पन्तको हत्यारा र घटनाका दोषिलाई कारबाहीको माग राख्दै कञ्चनपुरमा आन्दोलन जारी राखेका अधिकारकर्मी र पार्टीका साथीहरुप्रति ऐक्यबद्धता जाहेर गरेका छन् ।

त्यसै क्रममा उनले निर्मलाका बुवा यज्ञराज पन्त सँगपनि भेटघाट गरेका थिए । ‘निर्मलालाई न्याय र घटनाका दोषीहरुलाई कारबाही गर्नको लागि जारी आन्दोलनमा आफ्नो पूर्ण समर्थन रहेको स्टाटसमा उल्लेख गरेका छन् । साथै, सरकारलाई अपराधीलाई पत्ता लगाउन, जनताका प्रति जिम्बेवार बन्न र गम्भीर एंव संवेदनशील हुन उनले आग्रह गरेका छन् ।

तीन सातादेखि अधिकारकर्मी भण्डारी नेतृत्वको नागरिक संघर्ष समितिले उच्च स्तरिय छानबिन समितिले सरकारलाई बुझाएको प्रतिवेदन सार्वजनिक गरिनुपर्ने, दोषीलाई सार्वजनिक र पीडित परिवारलाई न्याय दिलाउनुपर्ने माग अघि सारेर भेटघाट चौतारामा दैनिक धर्ना जारी राखेका छन् ।

प्रमुख समाचार

कर्मचारी

View All