ताजा समाचार

News

कञ्चनपुरमा माटोको ढिस्कोले पुरिएर बालिकाको मृत्यु

२०७५ असोज १७ बुधबार

 

कञ्चनपुर -

माटोको ढिस्कोले पुरिएर कञ्चनपुरकी एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा शुक्लाफाँटा नगरपालिका–१ बन्साहकी १० वर्षीया जानकी विष्ट रहेकी छन् ।

स्थानीय अनुपम एजुकेशन एकेडेमी कक्षा ३ मा अध्ययनरत विष्टको मंगलबार साँझ नजिकैको सामुदायिक विद्यालयमा रहेको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको विद्यालय सञ्चालक मदन राज जोशीले बताए ।

विद्यालयबाट घर फर्किएकी बालिका खेल्नका लागि नजिकैको विद्यालयको प्राङ्गणमा गएकी थिईन् । खेल्ने क्रममा उनको माटोको ढिस्कोले च्यापिएर मृत्यु भएको हो ।

 

 

प्रमुख समाचार

कर्मचारी

View All