ताजा समाचार

News

कञ्चनपुरमा मानव अधिकारको अवस्था नाजुक

२०७५ असोज ८ सोमबार
कञ्चनपुर-
 
कञ्चनपुरमा दिनप्रतिदिन मानव अधिकारको अवस्था नाजुक बन्दै गएको एक कार्यक्रमका सहभागिले बताएका छन् । हप्तैपिच्छेको हत्या, बलात्कार, महिला हिंसा र बालबालिकामाथी हुने हिन्साले जिल्लाको मानव अधिकारको अवस्था नाजुक बन्दै गएको सहभागिले बताएका हुन् ।
 
शनिबार क्रान्तिकारी पत्रकार संगठन नेपालले महेन्द्रनगरमा आयोजना गरेको मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता विषयक छलफलमा सहभागिले सरकारले हत्यारा र बलात्कारीलाई संरक्षण दिएको समेत आरोप लगाएका छन् । सहभागिले मानव अधिकार, प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथी नयाँ कानुनले अंकुस लगाएको समेत गुनासो गरेका छन् । 
राष्ट्रिय जनमोर्चा कञ्चनपुरका युवा नेता महेश राज जोशीले राष्ट्रघातीलाई संरक्षण र राष्ट्रवादीलाई अपहरणशैलीमा जेल हाल्न राज्य उद्यत रहेको टिप्पणी गरेका छन् । उनले सरकारले नै अपराध संरक्षण गरिरहेकाले निर्मला हत्याकाण्ड बाहिर नआएको बताए । 
 
नेता जोशीले संघीयताले मुलुकमा विकराल समस्या नित्याएको बताउदै संघीयता खारेजी गर्नुपर्नेमा जोडदिए । उनले संघीयताकै कारण मानव अधिकार, प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथी गम्भिर प्रहार भईरहेको बताए । नेता जोशीले कम्युनिष्टहरुको दुई तिहाई सरकार भएतापनि स्वयम सरकारका व्यवहारका कारण कम्युनिष्ट प्रतिको जनताको आकर्षण घट्दै गएको चिन्ता व्यक्त गरे । जनमोर्चा नेता जोशीले निर्मला हत्याकाण्डमा राजनीतिक भन्दा पनि समाजिक न्यायका लागि सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नुपर्नेमा जोडदिए । 
 
राष्ट्रिय जनता पार्टीका नेता अम्बादत्त तिवारीले राज्यको निरिताका कारण मानव अधिकार संरक्षण नभएको बताए । नेकपा बैद्य माओवादीका नेता विष्णूराम दमाईले गरिब निमुखाको अधिकार कुण्ठित भएको बताए । नेपाल कम्युनिष्ट पाटी महाकाली ब्यूरो सदस्य भरत धानुक (पुकार)ले राज्यले नैतिकता गुमाएको बताउदै मानव अधिकार, प्रेस स्वतन्त्रता र अभिव्यक्तिमाथी राज्यले अंकुस लगाउन खोजेको टिप्पणी गर्नुभयो । 
 

प्रमुख समाचार

कर्मचारी

View All