ताजा समाचार

News

धानमा ‘करेन्ट’ रोग बेलडाँडीका किसान मारमा

२०७५ असोज ८ सोमबार
कञ्चनपुर-
कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा धानखेतीमा करेन्ट रोग देखा परेको छ । गाउँपालीका विभिन्न किसानको खेतमा जरैदेखि सुक्दै जाने एक प्रकारको धान खेतीमा ‘करेन्ट’ रोग देखिएको छ । बेलडाँडी गाउँपालिका १देखि ५ वटै वडामा विभिन्न गाउँका  स्थानीयको खेतमा यस्तो समस्या देखिएको हो । सातादेखि धान सुक्ने समस्या देखिएको पीडित किसानले बताएका छन् । धान भित्र्राउने बेला धानकै जरैदेखि पुरै धानको बोट सुकिरहेको स्थानीय कृषक पुर्णानन्द भट्टले बताए । ‘बोट हरियो छ, बाला पाक्न लागेका छन्, ‘जरैदेखि सुक्न लागेको छ, धान भित्र्राउन नपाउदै खेतमै पराल भईसक्यो ।’ सुकेको परालमा मसिना किरा भेटिएको उनले बताए । बिहान राम्रै भएको धानखेत साँझ किराले सखाप पारिदिएको उनको गुनासो छ । भट्टले आफ्नो दुई विगाह जमिनको धान नष्ट भएको बताए । 
 
यस्तै अर्का किसान जगदिश भट्टले पनि आफ्नो डेढ विगाह जमिनका भएको धानबालीमा रोग लागेको बताए । ‘खेतको विचविचमा धान सुक्ने समस्या देखिएको छ, ‘उनले भने, ‘त्यो सुकेको धान काटेर फाल्नुपर्ने बाध्यता सिर्जना भएको छ, किनकी यो रोग त खेतभरी सरिरहेको छ ।’ धानमा लागेको रोगबारे किसानलाई प्रर्यात जानकारी नभएको बताउदै उनले स्थानीय परम्परागत भाषमा गबारो रोग भएको बताए । ‘धानमा लागिरहेको रोगबारे हामीलाई वैज्ञानिक ज्ञान छैन्, ‘उनले भने, ‘भयानक रोगका कारण हामीहरु चिन्तित भएका छौँ ।’ 
बेलडाँडीका किसान पुर्णानन्द र जगदिश जस्तै अन्य नवराज भट्ट, तपराज माली, लक्ष्मी दत्त जोशीको खेतमा समस्या समस्या देखिएको छ । पाक्नै लागेको धानमा रोग देखापरेपछि स्थानीय किसान मारमा परेका छन् । 
 
कञ्चनपुरका बाली अधिकृत नवराज जोशीले धानखेतीमा फट्केकिराको समस्या देखिएको बताए । ‘यो सुक्ष्म किराले शुरुमा धानको पात खान्छ, ‘उनले भने, ‘खाना खाएपछि बिरुवामा केमिकल छाड्छ र बिरुवा सुक्दै जान्छ ।’ समस्या देखिनासाथ विषादी छर्किनुपर्ने उनको सुझाव छ । गत बर्षदेखि कञ्चनपुरमा फट्केकिराको समस्या देखिएको उनले बताए । समयमै निदान नभए धानखेतीमा झन समस्या निम्तिने उनको भनाई छ । बेलडाँडी गाउँपालिकाले धानखेतीमा रोग देखिएपछि पाविधिक टोली पठाएको जनाएको छ । बेलडाँडी गाउँपालिका–२का वडाध्यक्ष प्रेमसिह खातीले धानखेतीमा समस्या देखिएपछि औषधी सहित सबै वडामा प्राविधिक टोली पठाईसकेको बताए । उनले आफ्नै डेढ विगाह जमिनको धानखेती नष्ट भएको दुखेसो पोख्दै गाउँपालिका प्राविधिक कार्यमा खटिएको बताए । किसानले राहत तथा क्षतिपूर्तिको माग गरिरहेका छन् । 
 

प्रमुख समाचार

कर्मचारी

View All