ताजा समाचार

News

नेपाल यु–१६ महिला फुटबल छनोटबाट बाहिरियो, म्यानमारसँग ११–१ को लज्जास्पद हार

२०७५ असोज ५ शुक्रबार
image not found

असोज ५ - 

नेपाल एएफसी यु–१६ महिला फुटबल च्याम्पियनसिपको छनोट चरणबाटै बाहिरिएको छ ।

लगातार दोस्रो हार व्यहोरेसँगै नेपाल एक खेल खेल्नुअघि नै छनोट चरणबाट बाहिरिएको हो ।

पहिलो खेलमा बुधबार फिलिपिन्ससँग ४–० ले पराजित भएको नेपाल शुक्रबारको खेलमा म्यानमारसँग भने झनै बिर्सनयोग्य ११–१ को लज्जास्पद हार व्यहोर्न बाध्य भयो ।

काठमाडौंको हलचोक मैदानमा भएको खेलमा मध्यान्तरसम्म १० गोल खाएको नेपाल मध्यान्तरपछि भने सम्हालिएको थियो ।

६३औं मिनेटमा ११ गोल खाएको नेपालले ७४औं मिनेटमा एक सान्त्वना गोल फर्काएको थियो ।

लगातार दोस्रो हारले नेपाल अर्को वर्ष थाइल्यान्डमा हुने फाइनल चरणमा ठाउँ बनाउने सम्भावनाबाट बाहिरिएको हो ।

काठमाडौंमा जारी समूह ‘ई’बाट म्यानमार र फिलिपिन्स आपसमा आइतबार भिड्नुअघि नै फाइनल चरणका लागि छानिएका छन् ।

आइतबार समूहको अन्तिम खेलमा नेपालले मलेसियासँग खेल्दा म्यानमार र फिलिपिन्स भिड्नेछन् । नेपाल सान्त्वना जितेको खोजीमा हुनेछ ।

समूह ‘ई’बाट चार टिमबीच भिडन्त भएकामा शीर्ष स्थानका दुई टिमले अर्को वर्ष थाइल्यान्डमा हुने फाइनल चरणमा ठाउँ बनाएका छन् ।

फाइनल चरणका लागि उत्तर कोरिया, दक्षिण कोरिया र जापानले यसअघि नै स्थान बनाइसकेका छन् ।

प्रमुख समाचार

कर्मचारी

View All