ताजा समाचार

News

महिला पैरवी अभियान

२०७५ असोज ५ शुक्रबार
image not found

असोज ५ - 

विभिन्न सातओटा राजनीतिक दलसम्बद्ध महिला नेत्रीहरुले महिलालाई आर्थिकरुपमा सशक्त बनाउने भन्दै पैरवी अभियान सुरु गरेका छन् ।

‘समृद्ध नेपालका लागि सशक्त महिला’ भन्ने नाराका साथ सुरु गरिएको यस अभियानको उद्देश्य महिलाकेन्द्रित नीति बनाउनुका साथै महिलाको आय–आर्जन वृद्धि गराउने कार्यक्रमहरुमा सरकारी लगानी बढाउनु भएको दाबी उनीहरुले गरेका छन् ।

शुक्रबारदेखि सुरु भएको अभियानमा महिलाको आर्थिक सशक्तिकरण र वित्तीय आत्मनिर्भरतामा बढी जोड दिइएको छ ।

अभियानकाक्रममा आगामी एक वर्षमा महिलाहरुका लागि कर्जासम्म पहुँच, बजारमा पहुँच, सीप र उद्यमशीलता विकास, बालबालिकाको हेरचाहमा सहयोग हुनेगरी स्थानीय सरकारको लगानी बढाउन जोड दिने महिला नेत्रीहरुले बताएका छन् ।

यसका लागि स्थानीय निकायमा कुल बजेटको न्यूनतम् २५ प्रतिशत बजेट छुट्याउनैपर्ने उनीहरुको माग छ ।

प्रमुख समाचार

कर्मचारी

View All