ताजा समाचार

News

निर्मला न्यायको पक्षमा विद्यार्थीद्वारा प्रदर्शन

२०७५ असोज ५ शुक्रबार
image not found

५ असोज - 

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न दोषीलाई कारबाही गर्नु पर्ने माग गर्दै धनगढीमा विद्यार्थीले प्रदर्शन गरेका छन् । 
    

निर्मलालाई न्याय दिनु पर्ने र महिला हिंसाको अन्त्य गरिनु पर्ने माग सहित नगर बाल सञ्जालको आयोजनामा शुक्रवार बृहत प्रदर्शन गरेका हुन । धनगढी उपमहानगरपालिकाभित्र रहेको विभिन्न विद्यालयका विद्यार्थीहरु प्रदर्शनमा सामेल थिए । 
    

उनीहरुले ‘निर्मलालाई न्याय दे’, ‘हामी न्याय चाहन्छौ’, ‘बाल अधिकार रक्षा गर’, ‘महिला हिंसा अन्त्य गर’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए । धनगढीको ट्राफिक चौराहाबाट सुरु भएको विद्यार्थीको विरोध ¥याली सामाजिक विकास मन्त्रालय हुँदै फर्केर पार्क चौकसम्म पुगेको थियो । 
    

कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर २ उल्टाखामकी निर्मलाको साउन १० गते बलात्कारपछि हत्या भएको थियो । घटना भएको दुई महिना पुग्नै लाग्दा प्रहरीले अझै पनि दोषी पत्ता लगाउन सकेको छैन ।

 

दोषीमाथि कारबाही हुनु पर्ने माग सहित कञ्चनपुर, कैलाली लगायत प्रदेश नम्बर ७ का विभिन्न जिल्लामा विद्यार्थी, अधिकारकर्मी, नागरिक समाज, राजनीतिक दल लगायतबाट दिनहुँ प्रदर्शन भइरहेको छ । 

प्रमुख समाचार

कर्मचारी

View All