ताजा समाचार

News

अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि आचार्यको नेतृत्वमा प्यानल घोषणा

२०७५ असोज ५ शुक्रबार
image not found

धनगढी, ५ असोज -


सहमति नजुटेपछि कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि चुनावी प्यानल खडा गरिएको छ । 
    

आकाङ्क्षीहरु दुई प्यानल बनाएर चुनावी मैदानमा उत्रेका छन् । संघको अधिवेशन असोज १२ गते हुने भएको छ । अत्तरिया उद्योग वाणिज्य संघ व्यवसायीहरुको संस्था भए पनि राजनीतिक दलहरुका प्रत्यक्ष प्रभावमा चुनावी प्यानल बनाइएको हो । 
 

नेपाली काँग्रेस निकट व्यवसायीहरुको तर्फबाट अशोक देवकोटा प्यानल सहित चुनावी मैदानमा उत्रिदै छन् । यसैगरी, वामपन्थी निकट व्यवसायीहरुको नेतृत्व टीकाराम आचार्यले गरेका छन । आचार्य नेतृत्वको प्यानलले  बिहीवार पत्रकार सम्मेलन गरेर आफ्नो टिम सार्वजनिक गरेको छ ।

 

आचार्यको टिममा उपाध्यक्षमा नैनसिंह कार्की (उद्योग), जयबहादुर खड्का (वाणिज्य), तीर्थराज ओझा (वस्तुगत) तर्फ रहेका छन । यस्तै, सोही प्यानलको महासचिवमा  गणेश महरा, सचिवमा भक्त कुँवर, कोषाध्यक्षमा लीलाराम सापकोटा रहेका छन । 
 

आचार्य प्यानलमा सदस्यहरुमा नरबहादुर राई, शोभा रावल, दिपक पौडेल, जनकराज भट्टाराई रहेका छन । टिम घोषणा सभालाई सम्बोधन गर्दै अध्यक्ष पद्का उम्मेदवार आचार्यले सहमतिको प्रयास गरे पनि अर्को पक्षले विगतका सहमति पालन नगर्दा टिम घोषणा गर्नु परेको बताए । 
 

उनले भने–‘यो टिम समावेशी र पूर्ण व्यवसायीहरुको टिम हो । त्यसैले व्यवसायीहरुले यहि टिमलाई जिताउनेछन् ।’ उनले उद्योग वाणिज्य संघको नेतृत्व आफूले पाए व्यवसायीहरुको हितमा काम गर्ने बताए । 
 

‘भवनको काम अधुरो छ । प्यान भ्याटको काम गर्न व्यवसायीहरुलाई धनगढी जान गाह्रो भएको छ । अत्तरियामा शाखा ल्याउन पहल गर्छौ ।’, उनले भने । आचार्यले यस क्षेत्रमा औद्योगिक र पर्यटकिय लगानी भित्र्याउनका लागि ठोस कदम चाल्ने पनि दावी गरे ।  
 

देवकोटा पनि आफ्नो नेतृत्वमा प्यानल घोषणाका लागि अन्तिम कसरतमा जुटेका छन् । 

प्रमुख समाचार

कर्मचारी

View All