ताजा समाचार

News

विमानमा सवार ३० यात्रुको नाक र कानबाट रगत बग्न थालेपछि...

२०७५ असोज ४ बिहिबार
image not found

मुम्बई, असोज ४ - 

भारतको मुम्बईबाट जयपुरका लागि उडेको जेट एयरवेजको विमानमा कम्तीमा ३० यात्रुको नाक र कानबाट अचानक रगत बगेपछि विमानलाई बीचबाटै फर्काएर मुम्बईस्थित विमानस्थलमा अवतरण गराइएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार विमानमा १६६ यात्री र चालक दलका पाँच सदस्य सवार थिए ।

विमान उडेको केहीबेरमै यात्रीहरुमा समस्या देखिएको थियो । कयौंमा टाउको दुख्ने समस्या देखिएको थियो भने ३० यात्रीको नाक र कानबाट रगत बगेको बताइएको छ ।

विमान कर्मचारीले विमानभित्र प्रेसर मेन्टन गर्ने स्वीच ‘अन’ गर्न बिर्सिएका कारण अक्सिजनको कमी भइ यात्रुको स्वास्थ्यमा समस्या देखिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

जेट एयरवेजका अनुसार बिहीबार बिहान मुम्बईबाट जयपुर जाँदै गरेको विमानलाई बाटोबाटै मुम्बई फर्काइएको हो । विमानभित्र प्रेसर कम भएका कारण यसरी विमानलाई फर्काउनु परेको उक्त विमान सेवाले जनाएको छ ।

अस्वस्थ यात्रुलाई अस्पताल भर्ना गरिएको जनाइएको छ । उक्त विमानका कर्मचारीलाई ड्युटीबाट हटाइएको पनि जेट एयरवेजले जानकारी दिएको छ । उक्त घटनाको बारेमा विस्तृत छानविन भइरहेको भारतको उड्डयन महानिर्देशनालयले जनाएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All