ताजा समाचार

News

कैलाली बस दुर्घटनामा २ को मृत्यु , ४ घाइते

२०७५ भदौ २९ शुक्रबार
image not found किशोर तामाङ - सुदूरपश्चिमको कैलाली स्थित महेन्द्र राजमार्गमा आज बस दुर्घटना भएको छ । दुर्घटनामा परी दुई जनाको मृत्यु, र चारजना घाइते भएका छन् । चिसापानि देखि महेन्द्रनगरतर्फ आउदै गरेको यात्रुबहाक बस कैलालीको लम्कीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । त्यस्तै, बसमा सवार चारजना घाइते भएका छन् । चिसापानि देखि महेन्द्रनगरतर्फ आउदै गरेको कर्णाली रिभर यातायातको से १ ख ११८८ नम्बरको बस लम्कीचुहा नगरपालिका १ को बल्चौरमा दुर्घटना हुँदा साईकल यात्री बल्चौरकै १२ वर्षका अनिल वादी र बसमा सवार कञ्चनपुर पुनर्वास नगरपालिका वडा नं ३ का ३५ वर्षका परचुङ पिटर तामाङ रहेका प्रहरीले जनाएको छ। मृतकलाई पोस्टमार्टमका लागि टीकापुर अस्पताल लगिएको र घाईतेहरुको लम्कीस्थित लालरत्न अस्पतालमा उपचार भइरहेको जनाइएको छ । साईकलयात्री वादीलाई जोगाउन खोज्दा बस दुर्घटना भएको र दुवैजनाको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । यस्तै दुर्घटना परी नेपाली सेनाका चार जना प्रशिक्षार्थी घाइते भएका छन् । उनीहरुमध्ये गम्भीर अवस्थाका दुईजनालाई नेपालगञ्ज रेफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनापछि बस चालक भने फरार रहेका छन् ।

प्रमुख समाचार

कर्मचारी

View All