ताजा समाचार

News

जोशीपुरमा व्यवसायीको हत्या

२०७५ भदौ २९ शुक्रबार

धनगढी, भदौ २९ गते - 

 

कैलालीकाजोशिपुर गाउँपालिका १ जोशिपुर बजारमा किराना ब्यबसायिको गएराती हत्या भएको छ ।

 

सोही ठाउँका ३५ वर्षीय राम प्रसाद ओझाको पसल भएकै घरमा गएराती हत्या भएको हो । मृतक ओझाको घाटिमा निलो डाम देखिएकोले उनको घाँटी थिचेर हत्या भएको हुन सक्ने इलाका प्रहरी कार्यालय भजनीका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र चन्दले बताए  । उनले प्रहरीले घटनास्थललाई सिल गरेर अनुसन्धान शुरु गरिएको जानकारी दिए ।

 

बिगत १० बर्षदेखी किराना ब्यबसाय गर्दै आएका ओझा भारु सटहीको समेत काम गर्ने गरेको स्थानीयले जानकारी दिएका छन । तिजका लागि गर्भवती श्रीमती माइती गएको बेला ओझाको हत्या भएको हो । स्थानीयले दिएको जानकारी अनुसार ओझा बिहिबार राती ११ बजेसम्म जोशिपुर बजारमा भएको नाच हेरेर घर तर्फ गएका थिए । उनी बस्ने घरको ढोकाहरु सबै खुला रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All