ताजा समाचार

News

सामाजिक विकृति विरुद्ध जुट्न आग्रह

२०७५ भदौ २८ बिहिबार
image not found

भदौ २८ गते -

 

प्रथा परम्पराका नाममा महिलामाथि हिंसा भइरहेकाले त्यस बिरुद्ध एकजुट हुन धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले आग्रह गरेका छन् ।


नमोःबुद्ध युवा क्लव धनगढीले क्याम्पस चौकमा आयोजना गरेको तीज महोत्सव २०७५ को उद्घाटन गर्दै नगर प्रमुख वडले महिलाहरुसंग यस्तो आग्रह गरेका हुन । 


‘दुःख, पीडा बेदनाकाका कुरा मात्रै होईन सकारात्मक सोचको संचार तीजले गर्नुपर्छ’, नगरप्रमुख वडले भने–‘बलात्कार, हत्या, बोक्सी प्रथाका विरुद्ध तीज गीतबाट सन्देश दिनुपर्छ ।’  


उनले तीज हिन्दूनारीहरुको महानपर्व भएकाले नगरका सबै वडाहरुले आयोजना गर्न सहयोग गरेको बताए । धनगढी उपमहानगरपालिका उपप्रमुख सुशिला मिश्र भट्टले तीजलाई महिलाको मात्रै पर्वको रुपमा नअथ्र्याउन अनुरोध गरिन । उनले भनिन्–‘तीजले सशक्तिकरणको सन्देश दिन सक्नुपर्छ ।’ 


उनले अहिले पनि हरेक निहुँमा महिलामाथि हिंसा भइरहेको बताइन् । नमोबुद्ध युवा क्लवका सचिव मोहन ओझाले महिला सशक्तिकरणमा सहयोग पुगोस भनेर तीज महोत्सवको आयोजना गरिएको बताए ।


त्यसैगरी धनगढी उपमहानगरपालिका १४ मा पनि धनगढी उपमहानगरपालिकाको सहयोग र कुटोकोदालो आधुनिक सहकारी संस्थाको आयोजनामा तीज मिलन कार्यक्रम गरिएको छ । धनगढी उपमहानगरपालिका १ बसन्त टोलमा युवा एकता समाजले तीज कार्यक्रम गरेको थियो । 

प्रमुख समाचार

कर्मचारी

View All