ताजा समाचार

News

कञ्चनपुरमा फेरि १० वर्षीया बालिका बलात्कृत

२०७५ भदौ २७ बुधबार

२७ भदौ 

निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण सेलाउन नपाउँदै कञ्चनपुरमा फेरि अर्की बालिका बलात्कृत भएकी छन् ।

महाकाली नगरपालिका–४, सुर्खेती टोलकी १० वर्षीय बालिका बलात्कृत भएकी हुन् । उनलाई बलात्कार गरेको आरोपमा प्रहरीले स्थानीय ४० वर्षीय आइते सुनारलाई पक्राउ गरेको छ ।

घटनाबारे जानकारी प्राप्त हुनसाथ इलाका प्रहरी कार्यालय, दोधाराबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो । धानबारीमा लुकेर बसेको अवस्थामा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । थप अनुसन्धान जारी छ ।

प्रमुख समाचार

कर्मचारी

View All