ताजा समाचार

News

महेन्द्रनगरमा ‘कालो तीज’ मनाइँदै, निर्मला हत्याकाण्डले गोरादेखि तीजसम्म शोकमा

२०७५ भदौ २७ बुधबार
image not found

भदौ २७, २०७५

महेन्द्रनगर – 

कञ्चनपुरकी बालिका निर्मला पन्त हत्याकाण्डपछि शोकमा रहेको महेन्द्रनगरमा विरोध स्वरुप ‘कालो तीज’ मनाइएको छ ।

तीजका बेला महिलाले रातो सारी लगाएर रमझम गर्दै तीज मनाउने भएपनि निर्मला पन्तका हत्यारालाई सार्वजनिक गर्न सरकारले ढिलासुस्ती गरिरहेको विरोधमा स्थानीय महिलाले कालो सारी लगाएका छन् । 

महेन्द्रनगर बजारको मुख्य मदनचोकमा भेला भएका महिलाले निर्मला पन्तका हत्यारालाई कारवाही गर्न सरकारलाई खबरदारी गरेका छन् । महिला अधिकारका क्षेत्रमा क्रियाशील महिला र सर्वसाधारणहरू चोकमा भेला भएका छन् । महिला भेला हुने क्रम बढ्दै गइरहेको छ ।

यसअघि, महेन्द्रनगरमा स्थानीय पर्व गोरालाई पनि विरोधकै रुपमा मनाइएको थियो । इतिहासका प्रसङ्ग उल्लेख गर्दै देउडा गाइने गोरामा निर्मला पन्तका हत्यारालाई कारवाहीको माग गर्दै सरकार र प्रहरी प्रशासनको विरोध गरिएको थियो । निर्मला पन्तको बलात्कार र हत्यापछि भएको आन्दोलन तथा सरकारले हत्यारा सार्वजनिक गर्न ढिलासुस्ती गर्दा महेन्द्रनगर अशान्ति, आक्रोशित र शोकमा छ ।

प्रमुख समाचार

कर्मचारी

View All