ताजा समाचार

News

सुत्केरी आमाहरुले प्रोत्साहन भत्ता पाएनन्

२०७५ भदौ २४ आइतबार

बैतडी २४ भाद्र -

 
बैतडीको पाटन नगरपालिकामा चालू आर्थिक वर्षको बजेट पारित नहुँदा स्वास्थ्य क्षेत्रमा समस्या भएको छ ।

 
साउनमा नै नगर परिषदबाट बजेट पारित गरिसक्नु पर्ने भएपनि हालसम्म बजेट पारित नहँुदा सुत्केरी महिलाहरुले पाउनु पर्ने सेवा सुविधा पाउन नसकेको पाटन नगरापलिका स्वास्थ्य संयोजक मदन महराले जानकारी दिए । 


स्वास्थ्य संस्थामा सुत्केरी हुने महिलाहरुले पाउनुपर्ने २ हजार प्रोत्साहन  भत्ता र शिशुका लागि  न्यानो लुगा वितरण गर्नं नसकिएको उनले बताए । महिलाहरु सुत्केरी हुन स्वास्थ्य संस्थामा आउने गरेपनि सुत्केरी भत्ता २ हजार र शिशुका लागि न्यानो कपडा दिन नसकिएको शिद्धपुर स्वास्थ्य चौकिका इन्चाज लक्ष्मी भट्टले जानकारी दिए । 


नगरपालिका भरीमा प्रति महिना ४० देखि ५० महिलाहरु स्वास्थ्य चौकीमा सुत्केरी हुन आउने गरे पनि साउनदेखि हालसम्म स्वास्थ्य चौकीमा सुत्ेकरी गराउने महिलाहरुले सुत्केरी भत्ता र प्रोत्साहान भत्त पाउन नसेको स्वास्थ्य सांयोजक महराले बताए ।

 

पाटन नगरपालिकामा १ प्राथमिक स्वास्थ्य केन्द्र, ८ स्वास्थ्य चौकी, ४ शहरी स्वास्थ्य केन्द्र ३ सुरक्षित प्रसुति केन्द्रबाट नागरिकहरुले सेवा पाइरहेका छन । बैतडीका १० स्थानीय तहहरुमध्ये अन्य सबै स्थानीय तहहरुले बजेट पारित गरि सकेका छन ।

प्रमुख समाचार

कर्मचारी

View All