ताजा समाचार

News

अल्टिच्युड एअरकाे हेलिकप्टरमा सवार ६ जनाकाे मृत्यु, १ जनाकाे जीवितै उद्धार

२०७५ भदौ २३ शनिबार

धादिङ -  

नुवाकोटको म्यागङ गाउँपालिका–१, मैलुङपाखाको जंगलमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको अल्टिच्युड एअरको हेलिकप्टरमा सवार ६ जनाकाे मृत्यु भएकाे र १ जना घाइतेकाे जीवितै उद्धार गरिएकाे छ ।

गोरखाको सामागाउँबाट काठमाडौं जाँदै गर्दा बेपत्ता भएको कल साइन ९ एन–ए–एल–एस को अल्टिच्युड एअरको हेलिकप्टर दुर्घटनाग्रस्त अवस्थामा फेला पारेको नुवाकोटका प्रहरी उपरीक्षक बसन्त कुँवरले बताउनुभयो ।

घटनास्थलमा ६ जनाको शव भेटिएको छ भने डोल्मा डिकीलाई अचेत अवस्थामा उद्धार गरिएको कुँवरले बताउनुभयो । भेटिएका शवकाे पहिचान भने हुन नसकेको उहाँको भनाइ छ । घटनास्थलमा भेटिएको शवलाइ काठमाडाैं लैजाने तयारी भइरहेको कुँवरले जानकारी दिनुभयो ।

हेलिकप्टरमा क्याप्टेन निश्चल केसीसहित जापानी नागरिक हिरोमी कोनाफी, रामेछापका डिल्ली बहादुर गुरुङ, दोलखाका हिरा  शेर्पा, गोर्खाको चुमनुब्री गाउँपालिका–२ ल्होकी गामी डोल्मा डिक्की, साम्दोका छोवाङ नुर्बु र सिन्धुपाल्चोकका सुनिल तामाङ सवार रहेको अल्टिच्युड एयरलाइन्सले जानकारी दिएको छ । 
गोरखाको सामागाउँबाट शनिबार बिहान ६ः५७ मा उडेको हेलिकोप्टर केही बेरमा सम्पर्कविहीन भएको थियो । 

काठमाडौंबाट पर्यटक लिएर शनिबार बिहान गोरखाको सामागाउँ पुगेको हेलिकप्टरले पर्यटक छाडेर त्यहाँबाट क्याप्टेनसहित ७ जना यात्रु लिएर काठमाडौंका लागि उडेको एयरलाइन्सले जानकारी दिएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All