ताजा समाचार

News

हिमचुली रोजिनमा आगो लागेर लाखौं क्षति

२०७५ भदौ २२ शुक्रबार

धनगढी २२ भाद्र -

 
कैलालीको गोदावरी नगर ७ लालपुर स्थित हिमचुली रोजिन एण्ड हर्बल प्रोसेसिङ्ग कम्पनीमा बुधवारराति आगलागी हँुदा लाखौको क्षति भएको छ ।

 
कम्पनीका कर्मचारी रामबहादुर बमका अनुसार बेलुकी एक्कासी खोटो प्रशोधन गर्ने प्लान्टमा आगलागी भएको थियो । आगलागीबाट प्लान्ट पूर्ण रुपमा जलेको छ । त्यसैगरी भण्डारण गरेर राखेको खोटो, टारपेन समेत जलेको छ । खबर हुने बित्तिकै धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाबाट दमकल गएको धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले बताए ।


दुईवटा नगरपालिकाबाट पठाइएका दमकल र स्थानीय बासिन्दाको सहयोगबाट आगो नियन्त्रण गर्न सकिएको कम्पनीका संचालक कृष्ण देउवाले बताए । उनले भने–‘चाँडो गरी दमकल नपुगेको भए पूरै फ्याक्ट्री जगलेर ध्वस्त हुने थियो ।’ 


उक्त कम्पनीको एउटै परिसरमा रोजिन कम्पनी तथा भएरेष्ट कत्था उद्योगको प्लान्ट रहेको थियो । क्षतिको विवरण संकलन गर्ने कार्य भैरहेको इलाका प्रहरी कार्यालय अत्तरियाले बताएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All