ताजा समाचार

News

बैतडीका परीक्षार्थीको परीक्षा सेन्टर धनगढी

२०७५ भदौ २२ शुक्रबार

बैतडी २२ भाद्र - 


शिक्षक सेवा आयोगद्वारा असोज ११,१२ र १३ गते हुने परीक्षाको लागि बैतडीका परीक्षार्थीहरु कैलाली जानु पर्ने भएको छ । 


बैतडीका प्रावि, निमावि र माविका परीक्षार्थीहरुका लागि शिक्षक सेवा आयोगबाटै कैलाली केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाइले जनाएको छ ।  इकाइका अनुसार ५ हजार परीक्षार्थीले तिनै तहका परीक्षा दिन कैलाली जानु पर्ने भएको हो । 


असौज १३ गतेदेखि सुरु हुने शिक्षक सेवा आयोग परीक्षामा सामेल हुनका लागिबैतडीबाट झन्डै ५ हजार आवेदन परेका शिक्षा  विकास तथा समन्वय इकाइ प्रमुख नरेन्द्र अवस्थीले जानकारी दिए । खुला, महिला, दलित, आदिवासी, जनजाति, सबै गरी तिनै तहमा बैतडीबाट ४ हजार ८ सय ६३ आवेदन परेको छ । 

प्रमुख समाचार

कर्मचारी

View All