News
बैतडीको पाटनमा प्याराग्लाइडिङ सुरु हुन सकेन
२०७५ भदौ २२ शुक्रबार

बैतडी २२ भाद्र -
बैतडीको मुख्य पर्यटकीय क्षेत्र पाटनमा प्याराग्लाइडिङ सेवा सुरु हुने भनिए पनि अझै कुनै सुरसार छैन । केन्द्र सरकारले अनुमति नदिंदा यसै वर्ष सञ्चालन हुने भनिएको प्याराग्लाइडिङ सेवा सुरु हुन नसकेको हो । यसै वर्षभित्र प्याराग्लाइडिङ सेवा सुरु गर्ने उद्देश्यकासाथ २०७२ सालमा सफल परीक्षण गरिएको थियो । केन्द्र सरकारले अनुमति नदिंदा निर्माण कार्य सुरु गर्न नसकिएको पर्यटन विकास समिति पाटनका अध्यक्ष पुस्कर भण्डारीले जानकारी दिए ।
सेवा सञ्चालनका लागि खरिद गरेको १२ लाख बराबरको सामान पनि त्यत्तिकै थन्किएको उनले बताए । जिल्ला प्रसासन कार्यालय बैतडीबाट अनुमति पाएर अञ्चलबाट समेत अनुमति पाएको परियोजनाले केन्द्र सरकारले अनुमति नदिंदा अन्यौलमा परेको उनले जनाए । पाटन क्षेत्रको पत्तालभुमेश्वर क्षेत्र र अन्नाणीको डाडाबाट प्याराग्लाइडिङको सफल परीक्षण गरिएको थियो ।
प्र्यटकीय क्षेत्र पनि भएकोले यस क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउनको लागि प्याराग्लाइडिङ सेवा सुरु गर्नमा सरकारले सहयोग गर्नु पर्ने भण्डारीले बताए ।