ताजा समाचार

News

गौरीगंगाको वार्षिक समिक्षा कार्यक्रम सम्पन्न

२०७५ भदौ २२ शुक्रबार
image not found

धनगढी २२ भाद्र - 


कैलालीको गौरीगंगा नगरपालिकाले बिहीवार आर्थिक वर्ष २०७४/०७५ को समिक्षा तथा चालू आर्थिक वर्षको लागि बजेट, योजना तथा कार्यक्रम सार्वजनिक गरेको छ । 


गौरीगंगा नगरपालिकाले गत आर्थिक वर्षलाई सिकाइ वर्षको रुपमा समिक्षा गरेको छ । यद्यपि, भौतिक पूर्वाधार विकास, सामाजिक विकास, कानून निर्माणका क्षेत्रमा उपलब्धीमूलक काम भएको गौरीगंगा नगरपालिकालको ठहर रहेको छ । 


प्रदेश नं ७ का सामाजिक विकासमन्त्री दीर्घ सोडारीले गौरीगंगा नगरपालिकाले समग्रतामा राम्रो कार्य गरेको भन्दै प्रशंसा गरे । बिहीवार आयोजना गरिएको आर्थिक वर्र्ष २०७४/०७५ को समिक्षा तथा चालू आर्थिक वर्षका लागि बजेट, योजना तथा कार्यक्रमको प्रमुख अतिथि रहेका सामाजिक विकासमन्त्री सोडारीले गुरु योजना बनाएर काम थालेमा गौरीगंगा सम्भावनाको नगरपालिका भएको बताए ।

 

जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाले गौरीगंगा नगरपालिकाको सम्भाव्य पर्यटकीय स्थलको गुरु योजना बनाउने कार्यमा आफूले समन्वय गर्ने बताए । 


गौरीगंगा नगरपालिकाका प्रमुख भिमबहादुर देउवाले गौरीगंगा नगरपालिका जिल्लाको सबैभन्दा कान्छो नगरपालिका भएको बताए । उनले भने–‘शून्यबाट सुरु गर्नुपर्ने भएपनि हामीले लक्ष्य भेटाएका छौं ।’ 


गौरीगंगा नगरपालिकाले ११ वटै वडा कार्यालय संचालनमा ल्याएर सेवा दिन सुरु गरेको, समायोजन भएर आएका कार्यालय तथा कर्मचारीहरुको व्यवस्थापन गरेको, न्यायिक समितिले कार्य सम्पादन गर्न थालेको पनि नगरप्रमुख देउवाले बताए । 


उनले भने–‘हामी संग अहिले पनि आवश्यक कर्मचारीको अभाव छ, भौतिक पूर्वाधारको अभाव रहेको छ । सामुदायिक पशुचौपया व्यवस्थापनको पनि चुनौती रहेको छ ।’ कार्यक्रममा नगरपालिकाका उपप्रमुख अंचला चौधरीले स्वागत मन्तव्य राखेकी थिइन् ।

 

प्रमुख प्रशासकीय अधिकृत बिरबहादुर शाहीले प्रस्तुत गरेका थिए । गौरीगंगा नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ५७ करोड ८७ लाख ७५ हजार बजेट विनियोजन गरेको छ । a

प्रमुख समाचार

कर्मचारी

View All