ताजा समाचार

News

बेलौरीमा रमाइलो मेला

२०७५ भदौ २१ बिहिबार
image not found

बेलौरी, कञ्चनपुर -

बेलौरी नगरपालिका वडा नं. ५ कालेश्वर महादेव मन्दिर परिसर भित्र असोज २३  देखी २९ सम्म  वृह्त दशैँ विशेष कार्यक्रम तथा रमाइलो  मेला हुन गइरहेको छ । बेलौरीका गरीब ,जेहेन्दार तथा असक्त वालवालिका शिक्षा बाट बञ्चित नहुन भन्ने उद्येश्यले स्थापना गरीएको पुर्व विद्यार्थी समाज नामक सस्थाले विद्यार्थी केन्द्रित गरी रमाइलो मेला आयोजना गर्न गइरहेको समाजका अध्यक्ष लोकेन्द्र सिह कुवँरले जनाउनु भयो ।

मेलामा कृर्षि पर्दशनि , शैक्षिक प्रर्दशनि, विभिन्न स्टलहरु, चर्खा , मौतका कुवा , विद्यालय स्तर कला सस्कृती प्रतिस्पर्धा ,रानाथारु , चौधरी समुदायको चालचलन ,भेषभुषाको पर्दशन ,राट्रिय स्तरका कलाकार लगायत अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रम गरीने बताइएको छ ।

नेपालीहरुको महान चाड दशैँमा स्वदेश तथा विदेशमा रोजगारीका लागी गएकाहरु पनि घर फर्किने हुनाले पनि यस मेलाको अवलोकन हुने पुर्व विद्यार्थी समाजका उपाध्यक्ष वाल कुमारी पोखरेलले बताउनु भयो ।  बेलौरीमा पहिलो पटक आयोजना हुन लागेको ७ दिने दशैँ विशेष कार्यक्रमले यस क्षेत्रमा बसोबास गर्ने नागरीकमा खुसीको अनुभुति दिलाउनुका साथै चाडपर्वका बेलामा व्यापारमा वृद्घि गर्ने लक्ष्य रहेको छ । 

 मेला लाग्ने स्थानमा यस प्रदेश नं.७ कै ठुलो रानाथारु सङ्ग्रालय स्थापना भइरहेकाले पनि पर्यटकिय क्षेत्र रहेको छ । दोदा नदिमा निर्माणधिन पक्कि पुल ,रानाथारु सङग्रालयले दैनिक जसो मानिसहरु मनोरञ्चन गर्न यहाँ आइरहेका हुन्छन । मेला अवलोकन गर्न यहाँ कञ्चनपुरका बेलौरी नगरपालिका , पुनर्वास नगरपालिका , लालझाडी गाउँपालिका ,बेल्डाँडी गाउँपालिका तथा कृष्णपुर नगरपालिका,शुक्लाँफाटा नगरपालिकाका साथै कैलालीको धनगढि उपमहानगरपालिका तथा भारतको खजुरीया,सम्पुर्णनगर पलियाका नागरीकले मेलमा सहभागी हुने जनाएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All