ताजा समाचार

News

बसमा बेहोस भएका यात्रीको मृत्यु

२०७५ भदौ २१ बिहिबार

२१ भाद्र -

 
महेन्द्रनगरबाट काठमाण्डौंका लागि छुटेको बसमा सवार एक यात्रु मृत्यु भएको छ । महेन्द्रनगरबाट नारायणघाटका लागि टिकट कटाएका बृद्ध रणबहादुर राईको मृत्यु भएको हो । 

    

बसमा सवार उनी अत्तरिया पुग्ने क्रममा एक्कासी बेहोस भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ना ७ ख १८६३ नम्बरका बस चालकले बृद्ध बेहोस भएको खबर गरेपछि प्रहरीले उनलाई उपचारको पद्मा अस्पतालमा पु¥याएको थियो । त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि सेती अञ्चल अस्पतालमा ल्याइएको बृद्धको उपचारको क्रममा बुधवार ज्यान गएको हो । उनको ठेगाना खुल्न नसकेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । 

प्रमुख समाचार

कर्मचारी

View All