ताजा समाचार

News

खेल मैदान गौचरनमा परिणत

२०७५ भदौ २० बुधबार

बाजुरा २० भाद्र - 


बाजुराको सदरमुकाम मार्तडीमा रहेको खेल मैदान गौचरनमा परिणत भएको छ । जिल्लामा खेलाडीहरुको क्षेमता अभिवृद्धि गर्ने मनसायले २०७३ सालमा तत्कालिन नेकपा एमालेका उपाध्यक्ष भीम रावलले बहुउद्देश्यीय कभर्डहलको शिलान्यास गरेका थिए । 


कभर्डहल शिलान्यास गरिएको अढाई वर्ष बितिसक्दा पनि पूरा हुन नसकेपछि खेलमैदान सहित कभर्डहल गौचरणमा परिणत भएको हो ।

 

जिल्ला खेलकुद विकास समितिको प्राङ्गणमा निर्माण हुन लागेको कवर्डहल निर्माणका लागि निर्वाचन क्षेत्र विकास कोषबाट ४५ लाख रकम विनियोजित गरिएको थियो । २ हजार ८ सय १५ वर्गमिटर क्षेत्रफलमा रहेको जग्गामा कवर्डहल निर्माण सम्पन्न गर्नका लागि १ करोड ९४ लाखको प्राविधिक इष्टिमेट तयार पारिएको भएपनि रकम अपुग भएपछि कभवर्डहल अलपत्र भएको छ । 

 

खैलकुद मैदान भित्र कवर्डहल निर्माणका लागि शिलान्यास गरिएको भएपनि सम्बन्धित निकायको उदासिनताका कारण समयमै कभर्डहल निर्माण नहुँदा खेलाडीहरुलाई आफ्नो प्रतिभा देखाउन समस्या भएको भलिबल खेलाडी पदमबहादुर सिंहले बताए । जिल्लाको खेलकुद विकास समितिको प्राङ्गणमा निर्माण हुन लागेकोे बहुउद्देश्यीय कभर्डहल अलपत्र अवस्थामा रहेको छ । 

प्रमुख समाचार

कर्मचारी

View All