ताजा समाचार

News

सीमा नाकाबाट उद्धार

२०७५ भदौ २० बुधबार

बैतडी २० भाद्र -

 
तीन वर्षयता बैतडी स्थित नेपाल–भारत सीमा नाका झुलाघाटबाट उद्धार गरिएका महिला बालबालिकाको संख्या वृद्धि भएको छ । 


तीन वर्षमा सीमा नाका झुलाघाटबाट २ सय भन्दा बढी महिला तथा बालबालिकाको उद्धार गरिएको सीमा प्रहरी चौकीका इञ्चार्ज, प्रहरी नायब निरीक्षक उमेशकुमार पालले जानकारी दिए । सीमा नाकाबाट ३ वर्षमा २ सय १७ जनाको उद्धार गरिएको बताउँदै उनले आर्थिक वर्ष २०७२/०७३ मा ६० जनाको उद्धार गरिएका मध्ये २३ महिला र २७ बालबालिका रहेको बताए ।


सीमा प्रहरी चौकी झुलाघाटका अनुसार २०७३/०७४ मा त्यो संख्या वृद्धि हुँदै ७३ पुगेको छ । जसमध्ये २४ महिला र ४० बालबालिका रहेका छन । गत आर्थिक वर्ष २०७४/०७५ मा त्यो संख्या पुनः बढेर  ८५ पुगेको प्रहरीले जनाएको छ । उद्धार गरिएकामध्ये ७० बालबालिका र १७ महिला रहेका छन ।

 
सिमानाका झुलाघाटवाट उद्घार गरिएको बालबालिका तथा किशोरकिशोरी प्रदेश ७ का पहाडी जिल्लाका साथै कालिकोट, हुम्ला र मुगुका समेत रहेका छन । घरमा आर्थिक अवस्था कमजोर हुँदा रोजगारीका लागि विद्यालय पढ्ने उमेरका बालबालिकाका समेत भारत जाने गरेको प्रहरी चौकी झुलाघाटले जनाएको छ । 


विद्यालयको एक महिना बिदामा समेत रोजगारीका लागि भारत पस्ने गरेको बताउदै उनले चैत, वैशाखमा बढीजसो स्कुले बालबालिकाको उद्धार गरिने गरेको बताए । यसमध्ये १२ देखि १८ वर्षमुनिका बालबालिका तथा किशोर किशारी बढी रहेका छन । 

प्रमुख समाचार

कर्मचारी

View All