ताजा समाचार

News

जापानमा प्रतिघण्टा २१६ किलोमिटरको गतिमा शक्तिशाली आँधी, सतर्क रहन आह्वान

२०७५ भदौ १९ मंगलबार
image not found

टोकियो–

जापानमा गएको करिब २५ वर्षपछिकै ठूलो आँधी आएको छ । सो आँधीका कारण जापानमा ठूलो क्षति पुगेको बताइएको छ ।  ‘जेबी’ नाम दिइएको सो आँधी प्रतिघन्टा २१६ किलोमिटरको गतिमा आएको मौसमविद्हरुले जनाएका छन् । ठूलो वर्षात्सहितको आँधीको प्रकोपका कारण पश्चिमी जापानका कतिपय ठाउँमा पहिरो पनि गएको सरकारी अधिकारीले जनाएका छन् । 

यसको प्रकोपले लाखौँ मानिस प्रभावित भएको अनुमान गरिएको छ । तर पनि अहिले नै यसबाट भएको क्षतिको यकिन विवरण प्राप्त भएको छैन ।  जापानी प्रधानमन्त्री सिन्जो आबेले उद्धार कार्यमा खट्न सबैलाई आग्रह गरेका छन् । जापानी सरकारी टेलिभिजन एनएचकेका अनुसार उनले सतर्कता अपनाउन नागरिकलाई अपिल गरेका छन् ।  

जापानको मौसम विभागले बाढी पहिरो र खतरनाक हावाहुरीको सम्भावना अझै रहेकाले आवश्यक सतर्कता अपनाउन सूचना सार्वजनिक गरेको छ ।  जापानको मौसम विभागका अधिकारी रियुता कुरुराले भने– ‘सोमबार साँझबाट शुरु भएको आँधीको प्रकोप २५ वर्षपछिकै शक्तिशाली छ र यसले पुर्याउन सक्ने क्षतिको आँकलन गरी सरकारले आवश्यक सुरक्षात्मक उपायहरु अपनाउनुपर्छ ।’ 

उनले मङ्गलबार बिहानदेखि आँधीको गति झनै बढ्दै गएको देखिएको बताएका छन् । कैयौँ स्थानमा पहिरो गएको र केहीमा बाढीले क्षति पुर्याएको देखिएको छ भन्दै तर अहिलेनै स्थलगत रुपमा जान सकिने अवस्था नरहेको पनि उनले बताए । 

प्रधानमन्त्री आबेले मन्त्रिपरिषदको आपतकालीन बैठक बोलाएका छन् । यस बैठकले सुरक्षात्मक उपायका लागि आवश्यक तयारी गर्न निर्देशन दिने बताइएको छ ।  मौसमविद्हरुले सन् १९९३ पछिकै सबैभन्दा शक्तिशाली आँधी आएको भन्दै सबै नागरिकलाई अनावश्यक रुपमा बाहिर ननिस्किन र सरकारी सूचनाहरुलाई मनन् गर्न भनेका छन् ।

प्रमुख समाचार

कर्मचारी

View All