ताजा समाचार

News

एसियाली खेलकुदमा रजत पदक दिलाउने खेलाडीलाई जनही ५ लाख रुपैयाँसहित सम्मान

२०७५ भदौ १८ सोमबार
image not found

एसियाली खेलकुदमा नेपालका लागि रजत पदक जितेको नेपाली प्याराग्लाइडिङ टोलीलाई राष्ट्रिय खेलकुद परिषदले नगर परिक्रमासहित सम्मान गरेको छ ।
 
राष्ट्रिय सभागृहमा आज आयोजित कार्यक्रममा युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा, मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा, राखेप सदस्य सचिव केशवकुमार विष्ट, नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठ लगायतले ऐतिहासिक पदक विजेता नेपाली टोलीलाई नगदसहित सम्मान गरेको हो ।

राष्ट्रिय खेलकुद परिषदको पुरस्कार कार्यविधि अनुसार एसियाली खेलकुदमा समूह खेलबाट पदक जित्ने खेलाडीले पाउने जनही ५ लाख रुपैयाँ नगद पुरस्कार पाँच प्याराग्लाइडिङ खेलाडीलाई हस्तान्तरण गरिएको हो । त्यस्तै एक मुख्य प्रशिक्षक र दुई प्रशिक्षकले पनि नगद पुरस्कार पाए ।
 
यसअघि नेपाली टोलीलाई राष्ट्रिय खेलकुद परिषद प्रांगणबाट बग्गीमा राखेर नगर परिक्रमा गराइएको थियो । नगर परिक्रममा अन्य खेलका खेलाडी तथा पदाधिकारीको उपस्थिति न्यून थियो । विशेष सम्मानसहितको ¥याली त्रिपुरेश्वर, सुन्धारा, महांकाल, रत्नपार्क, पुरानो बसपार्क हुँदै सभागृहमा पुगेर सम्मान कार्यक्रममा परिणत भएको थियो । सम्मान कार्यक्रममा प्रधानमन्त्री केपी ओली उपस्थित हुने भनिए पनि अन्तिम समयमा उनी उपस्थित हुनुभएन ।
 
सम्मानपछिको कार्यक्रमलाई सम्मान गर्दै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले मन्त्रालय, खेलकुद परिषद र खेल संघ सबैको कमी कमजोरी रहेको भन्दै भविष्यमा यसलाई सुधार गरी खेलको बिकासका लागि ऐक्यबद्धताको आह्वान गरे ।
 
त्यस्तै सदस्य–सचिव केशवकुमार विष्टले एसियाली खेलकुदमा सोचे अनुसारको पदक आउन नसके पनि आसन्न साग गेम्सका लागि राम्रो पाठ भएको भन्दै सागको तयारीका लागि अहिलेदेखि नै योजना बनाउने बताए । उनले प्याराग्लाइडिङका लागि राज्यको लगानी स्वभाविक रुपमा बढ्ने जानकारी दिए ।

नेपाली टोलीका कप्तान बिमल अधिकारीले विदेशी भूमिमा नेपालको झण्डा फहराउन पाउनु गर्वको क्षण भएको भन्दै रजत पदक सम्पूर्ण नेपालीहरुमा समर्पण गरे ।
 
बिमल, युकेश गुरुङ, सुशील गुरुङ, विजय गौतम र विशाल थापा सम्मिलित नेपाली टोलीले पुरुष टिम क्रसकन्ट्री विधामा नेपालका लागि रजत पदक जितेको थियो । 

प्रमुख समाचार

कर्मचारी

View All