ताजा समाचार

News

ब्राजिलको दुईसय बर्ष पुरानो संग्रहालयमा भीषण आगलागी

२०७५ भदौ १८ सोमबार
image not found

ब्राजिलको एक ऐतिहासिक संग्रहालयमा भीषण आगलागी भएको छ । रियो द जेनेरियास्थित २ सय वर्ष पुरानो ऐतिहासिक संग्रहालयमा आगलागी भएको हो ।

यो संग्रहालयमा २ करोड ऐतिहासिक सामग्री संकलित छन् । पोर्चुगलको राजपरिवारले यसै वर्ष यही संग्रहालयमा आफ्नो २०० औं वार्षिकोत्सव मनाएको थियो ।

संग्रहालयमा लोप भइसकेका डाइनोसरका अवशेषहरुका साथै १२ हजार वर्ष पुरानो एक महिलाको अस्थिपन्जरसमेत रहेको बताइएको छ ।

विश्वकै इतिहासमा दुर्लभ सामग्रीहरु रहेको यो संग्रहालयका अधिकांश सामग्री नष्ट भएका छन् ।

यसैबीच ब्राजिलका राष्ट्रपति मिचेल टेमरले आगलागीको घटनाप्रति दुःख व्यक्त गर्र्दै देशकै ऐतिहासिक संग्रहालयलमा भएको क्षतिले देशको पहिचान नष्ट भएको प्रतिक्रिया दिएका छन् । आगलागीको कारण थाहा भएको छैन ।

प्रमुख समाचार

कर्मचारी

View All