ताजा समाचार

News

अमेरिकामा पनि गौराको रौनक

२०७५ भदौ १८ सोमबार
image not found

अमेरिका, भदौ १८ गते -

 

आज गौरा पर्व । नेपालको सुदूर तथा मध्यपश्चिम क्षेत्रमा धुमधामका साथ मनाईदै छ । मौलिकपन र लोकसंस्कृति बोकेको गौरापर्व बिविध पूजाआजा सहित धुमधामका साथ सोमवार मनाईन लागेको हो । 

 

नेपालको प्रदेश नम्बर ७ ( सुदूरपश्चिममा ) मा मनाईने यो मौलिक पर्व आजभोली नेपाल बाहिर परदेशमा समेत पनि मनाउन थालिएको छ । विभिन्न कार्यको शिलशिलामा देश छोडि परदेशमा बसिरहेका सुदूरपश्चिमेलीहरुले गौरापर्व परदेशमा समेत मनाउन थालेका हुन । 


पछिल्ला केहि वर्षयता विदेशमा समेत सुदूरपश्चिमेलीहरु बाक्लिदैं जान थालेपछि गौरा लगायतका विभिन्न नेपाली पर्वहरु मनाउने क्रम बढ्दै गएको छ । यसैबीचमा अमेरिकाको विभिन्न क्षेत्रमा समेत गौरा बिशेष कार्यक्रमहरु आयोजना गरिएका छन । 


गौरा पर्वको अवसर पारि अमेरिकाको केन्टकी, न्यूयोर्क, टेक्सास, मेरिल्याण्ड स्टेट लगायतका विभिन्न क्षेत्रमा गौरा बिशेष कार्यक्रमहरु आयोजना भइरहेका छन । नेपाल र अमेरिकाबीच १३ घण्टाको समय फरक भएको हुँदा कुनै ठाउँमा आइतवार र कुनै ठाउँमा सोमबार कार्यक्रमहरु आयोजना गरिएका छन् । 


आइतवार (नेपाली समय अनुसार सोमवार बिहान ) अमेरिकाको केन्टुकी र न्युर्योकमा रहेका सुपवासीले एक विशेष कार्यक्रम गरी गौरा पर्व धुमधामका साथ मनाएका छन । 
संस्कृति संरक्षण तथा यसको महत्व विश्वभरी फैलाउने उद्देश्यले गौरा विशेष कार्यक्रम आयोजना गरिएको आयोजकहरुले बताएका छन । 


अमेरिकामा पनि सुदूरपश्चिमेलीहरुको संख्या बढ्दै जान थालेपछि यस्ता मौलिक पर्वहरु मनाउने क्रम बढ्दै जान थालेको गौरा कार्यक्रम आयोजक समिति केन्टुकीका संयोजक उद्धवराज उप्रेतीले बताए । उनका अनुसार कार्यक्रममा डेउडा खेल खेलिनुका साथै गौराको प्रसाद बिरुडा समेत वितरण गरिएको थियो । कार्यक्रममा सुदूरपश्चिमेली बाहेकका अन्य नेपालीहरुको पनि उपस्थिति रहेको थियो । 


घरदेशमा हुँदा वर्षौदेखि मनाउँदै आएको गौरापर्व अमेरिका पुगेपछि पनि मनाउन पाउदा घरमै पुगेको जस्तै अनुभव भएको कार्यक्रममा सहभागि महिला उमादेवी उप्रेतीले बताइन् । 

 

उता न्यूयोर्कमा तारा धामी र रैभान महराको संयोजकत्वमा सुदूरपश्चिमेली समाज न्यूयोर्कले सम्पन्न गरेको गौरा विशेष कार्यक्रममा समेत शुभकामना आदानप्रदानका साथै गौरा तथा डेउडा नाच प्रर्दशन गरिएको आयोजक समिति सदस्य किसनसिंह धामीले जानकारी दिए । 

प्रमुख समाचार

कर्मचारी

View All