ताजा समाचार

News

नेपाल र मलेसियाबीचको खेलमा वर्षा बाधक, केही ढिलो गरी शुरु हुने

२०७५ भदौ १६ शनिबार
image not found

१६ भदौ -

एसिया कप छनोट क्रिकेटअन्तर्गत नेपाल र आयोजक मलेसियाबीचको खेलमा वर्षा बाधक बनेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित बायुमास ओभलमा नेपाली समयअनुसार बिहान ७ बजेर १५ मिनेटमा खेल शुरु हुने भनिए पनि पानी परेपछि प्रभावित बनेको हो । छिटफुट वर्षा जारी रहेकाले  खेल केही समय ढिलो सुरु हुने बताइएको छ ।

एसिया कप छनोटको शीर्ष २ भित्र पर्नका लागि मलेसियालाई नेपालले पराजित गर्नै पर्ने हुन्छ ।

अहिले नेपाल छनोट प्रतियोगिताको पाचौं स्थानमा छ । आफ्नो पहिलो खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा युएईसँग पनि ७८ रनको फराकिलो अन्तरले पराजित भएपछि नेपालको यात्रा निकै कठिन बनेको हो ।

नेपालले मलेसियापछि सेप्टेम्बर २ तारिखमा सिंगापुरसँग प्रतिस्पर्धा गर्नेछ । नेपालले लिग चरणको अन्तिम खेलमा हङकङसँग सेप्टेम्बर ४ मा प्रतिस्पर्धा गर्दैछ ।

मलेसियासँग नेपालले अहिलेसम्म ५ खेलमा प्रतिस्पर्धा गरेको छ भने सबै खेलमा नेपालले जितेको छ । सन् २०१४ पछि नेपाल र मलेसियाबीच पहिलोपटक भेट हुन लागेको हो ।

प्रमुख समाचार

कर्मचारी

View All