ताजा समाचार

News

सन्दीप उत्कृष्ट बलिङ, १० ओभरमा २४ रन खर्चेर ४ विकेट

२०७५ भदौ १४ बिहिबार
image not found

एसिया कप छनोट अन्तर्गत यूएई विरुद्ध बिहीबार भएको खेलमा सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरेका छन् । यूएईविरुद्ध पूरै १० ओभर बलिङ गरेका सन्दीपले २ ओभर मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिन सफल भए ।

उनले  अन्तिम ओभरमा २ विकेट लिए ।  उनले ४४.४ ओभरमा अब्दुल शाकोरलाई १० रनमा आउट गराउन सफल भए भने ४४.५ बलमा मोहम्मद नभिदलाई शून्य रनमा आउट गराउँदै एकै ओभरमा २ विकेट लिन सफल भए ।

यसअघि सन्दीपले युएईका कप्तान रोहन मुस्तफालाई १ रनमा नै आउट गर्न सफल भएका थिए । उनले शैमन अन्वारको महत्वपूर्ण विकेट पनि लिएका थिए ।

प्रमुख समाचार

कर्मचारी

View All