ताजा समाचार

News

तेक्वान्दोका गुरुहरुलाई नयाँ विधाको प्रशिक्षण

२०७५ भदौ १३ बुधबार

धनगढी १३ भाद्र -

 
प्रदेश ७ का विभिन्न जिल्लामा खेलाडीहरुलाई तेक्वान्दो सिकाउने टु डन माथीको प्रशिक्षकहरुलाई धनगढीमा चार दिने पुम्से सम्बन्धी प्रशिक्षण दिन शुरु भएको छ । 

पुम्से तेक्वान्दोमा नयाँ बिधा हो । यस अघि गोरुगी विधा मात्र तेक्वान्दोमा थियो । यो बिधावाट मात्र प्रतियोगितामा खेलाडीले प्रदर्शन गर्ने गरेका थिए । एसियन गेममाा पछिल्लो समय सहभागि गराइएको यो नयाँ विधा अगामी साफ गेममा खेलाडीले प्रदर्शन गर्न सक्ने गरी यो प्रशिक्षण शुरु गरिएको  नेपाल तेक्वान्दोसँग प्रदेश ७ का अध्यक्ष प्रदिप थापाले बताए । 

दिपकसिंह बिष्ट जस्ता किर्तीमानी खेलाडी जन्माएको यस प्रदेशमा यो प्रशिक्षणले तेक्वान्दोमा नयाँ आयाम थपिने उनको भनाई छ । मंगलवार एक समारोहकाबीच नयाँ पुम्से सेमिनार २०७५ को उद्घाटन भएको थियो । यो भदौ १५ गते सम्म संचालन हुने छ ।

प्रशिक्षण दिन तेक्वान्दो जन्म भएको देश कोरियावाट ३ जना र काठमाण्डौ वाट एक गरेर ४ जना आएका छन । करविर राज खड्की (नेपाल), क्वान यीअनग्देल(कोरीया), नर्वु मोक्तान(कोरिया), जित बहादुर  बोटे (कोरिया) ले प्रशिक्षण दिइरहेका छन ।

यस एक अघि एक विधा मात्र प्रस्तुत गर्ने तेक्वान्दाका खेलाडीले गोरुगी र पुम्से दुई वटै बिधा खेलाडीलाई  प्रतियोगितमा प्रदर्शन गर्न सक्ने गरि सिकाउन गुरुहरुलाई यो प्रशिक्षणमा पोख्त बनाइने छ । यो प्रशिक्षणले थप मेडल पाउने आशा गरिएको प्रशिक्षक खड्कीको  भनाई छ । पछिल्लो समय सुस्ताएको तेक्वान्दोका गतिविधि युवा उद्यमी संलग्न तेक्वान्दो संघ प्रदेश ७ को सक्रियतासँगै बढेका छन । 

‘प्रदेश ७ तेक्वान्दोको उर्वरभूमि हो, याहाँ धेरै प्रतिभावान खेलाडी छन्, हामी उनीहरुको प्रतिभा प्रष्फुटन गर्नका लागि प्रशिक्षण लगायतका प्रतियोगिता गरिरहेका छौं’ संघका महासचिव कटक सिंहले भने ।

प्रमुख समाचार

कर्मचारी

View All