ताजा समाचार

News

यौन सम्पर्क गर्नु अघि के खाने र के नखाने

२०७५ भदौ ११ सोमबार
image not found

 

आफ्नो पार्टनरसँगको समयलाई सुखमय बनाउनको लागि तपाईले ध्यान दिनुपर्ने अन्तिम कुरा भनेको खानेकुरा हो । यौन सम्पर्क गर्नुअघि तपाईले के खानुहुन्छ भन्ने कुुराले तपाईको यौन सम्पर्कको अनुभवलाई निकै प्रभाव पार्न सक्छ ।

तपाईले खाने सामान्य खालको खानाले पनि पेटको खराबी निम्त्याउन सक्छ अथवा तपाईको हर्मोनमा असन्तुलन ल्याइदिन सक्छ । जसले तपाईको यौनइच्छामा नै सम्पूर्ण रुपले प्रभाव पार्न सक्छ । त्यसैले यौन सम्पर्क गर्नु अघि के खाने र के नखाने भन्ने कुरा थाहा पाउनु निकै जरुरी छ । यौन सम्पर्क गर्नु अघि यी खानेकुरा नखाएकै राम्रोः

गेडागुडी

गेडागुडीमा ओलिगोस्याक्राइड्स भन्ने तत्व हुन्छ । जुन शरीरले पूर्ण रुपमा पचाउन नसक्ने एक प्रकारको तत्व हो । यसको सेवनले पेट बटार्ने तथा पेटमा ग्याँस बनाउँछ । ग्याँसले सेक्सको मजालाई कम गरिदिन्छ । त्यसैले सेक्स अघि गेडागुडी नखानु राम्रो हुन्छ ।

काउलीजन्य तरकारी

बन्दा, काउली तथा ब्रोकाउलीमा रेफीनोस तथा सल्फेट भन्ने तत्व हुन्छ । यसले पनि पेचमा ग्याँस उत्पादन बढाउँछ । यस्ता तरकारी तल्लो आन्द्रासम्म पुग्दा ब्याक्टेरियाका कारण फर्मेन्टेसन हुँदा मिथेन, कार्बनडाइ अक्साइड तथा हाइड्रोजन सस्ता ग्याँस उत्पान हुन्छ । तपाईले यौन सम्पर्कको बेला ग्याँस छोड्न पर्दा पक्कै पनि मजा हुन्न ।

लसुन र प्याज

लसुन भएका खाना सेक्सपूर्व नखानुहोस् । लसुन तथा प्याज खानाले मुख र श्वासलाई दुर्गन्धित बनाउँछ । त्यतिमात्रै नभई यसले शरीरको सुगन्धलाई पनि मेटिदिन्छ । जसले सेक्सलाई आनन्ददायक बनाउन सक्दैन ।

बियर

तपाईलाई लाग्ला सेक्स अगाडी बियर पिउँदा अझै बढि मजा होला तर बियरले मष्तिस्कको अवस्थालाई परिवर्तन गरिदिने हुँदा यसले तपाईको यौनइच्छालाई पनि परिवर्तन गरिदिन सक्छ । किनकी बियरमा हर्मोनलाई असन्तुलन पार्न सक्ने फाइटोस्ट्रोजिन्स हुन्छ । त्यसैले बियर साथीहरुसँग पिउनुस्, प्रेमीका अथवा सेक्स पार्टनरसँग होइन ।

तारेको खाना

तारेको वा भुटेको खानले टेस्टेस्टोरनको लेभल र सर्कुलेसनमा नकारात्मक असर पुर्‍याउँछ । तेल र नुनको मिश्रणले पेट फुल्छ, असहज महसुस गराउँछ । तारेर खानुको सट्टा पकाएर तथा उसिनेर खानु फाइदाजनक हुन्छ ।

पिज्जा

पिज्जामा गहुँको मिश्रण हुन्छ जसलाई खाएपछि पेट बढ्छ । यसले अनौठो गन्ध छोड्छ, स्वास गन्हाउँछ ।

चिज

व्यवसायिक रुपमा उत्पादन गरिएका दुधजन्य पदार्थमा हर्मोनको अवस्थामा असन्तुलन ल्याउन सक्ने एन्टिबायोटिक्स हुन्छन् । यसले पेटको अवस्थामा पनि खराबी ल्याउन सक्छ । जसले पक्कै पनि तपाईको सेक्सलाई आनन्ददायी बनाउँदैन ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

यी हुन् यौनइच्छा बढाउने ८ खानेकुरा

 

मानिसमा विभिन्न कारणले यौनचाहनामा ह्रास आउँछ । जसमा मानसिक तथा शारिरीक कारण महत्वपूर्ण रहन्छ ।

मानसिक कारण अन्तर्गत चिन्ता, डिप्रेशन, थकानलगायत पर्दछन् भने शारिरीक कारणमा मोटोपन, शारिरीक समस्या, यौनरोय इत्यादि पर्छन् । यौनइच्छा कम हुनुको पछाडी गम्भीर प्रकृतिको कारण भए चिकित्सकसँग परामर्श लिनु उचित हुन्छ । घरेल रुपमा तल उल्लेखित खानेकुुराहरुले पनि यौनइच्छा बढाउन सकिन्छ ।

 

 

 

 

१. गाजर : गाजरमा भिटामिन ए प्रशस्त मात्रामा पाइन्छ जसले पुरुषमा शुक्रकिट बनाउन सहयोग गर्छ । यसको नियमित सेवनले पुरुषलाई बढी कामुक तथा आकर्षक देखाउन मद्दत गर्छ ।

२. पालुङगो : पालुङगोको साग नियमित सेवन गर्नाले यौनक्षमतामा बृद्धि ल्याउनुका साथै यौनाङ्गमा रक्तप्रबाह समेत बढाइदिन्छ ।

३. भिन्डी : भिन्डीमा बिभिन्न किसिमका भिटामिन तथा जिंकतत्वहरु पाइन्छ जसको नियमित सेवनले सम्भोग सम्बन्धी समस्या हटाउँछ र यौनक्षमतामा बृद्धि ल्याउँछ ।

४. प्याज : प्याजको नियमित सेवनले यौनाङ्गको स्वास्थ्यमा सुधार ल्याउनुका साथै यौन इच्छा प्रबद्धन गर्न सहयोग गर्छ ।

५. ब्रोकाउली : यसमा पाइने पौष्टिक तत्वले यौन क्षमतामा बृद्धि ल्याउनुका साथै समग्र स्वास्थ्यका लागि लाभदायी हुन्छ ।

६. लसुन : लसुनमा कमोत्तेजक गुण हुन्छ जसले शरीरको रक्तप्रवाहलाई राम्रो बनाउँछ र रक्तनलीलाई संकुचन प्रवाह रोक्छ ।

७. गोलभेँडा : गोलभेँडाले पुरुषमा प्रोस्टेट क्यान्सरको खतराबाट पनि जोगाउँछ । गोलभेँडालाई रातो रंगमा बदल्ने लाइकोपिन नामक तत्वले मानिसमा यौनइच्छा बढाउन सहोग गर्दछ ।

८. गान्टेमूला : यसमा प्रशस्त मात्रामा नाइटेट नामक तत्व हुन्छ जसले योनाङ्गमा रक्तप्रवाह बढाइदिन्छ र यौनक्षमतामा बुद्धि ल्याउँछ । यसको सेवनले हर्मोन सन्तुलनमा सहयोग ल्याउनुका साथै यौन स्वास्थ्यमा सुधार ल्याउन मद्दत गर्छ ।

प्रमुख समाचार

कर्मचारी

View All