ताजा समाचार

News

पहिलो पटक विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइँदै

२०७५ भदौ ११ सोमबार
image not found

आईसीसी विश्वकप क्रिकेट २०१९ को ट्रफी युएई हुँदै नेपाल आउने भएको छ । दुबईबाट सुरु हुने उक्त ट्रफी टुर नौ महिनामा विश्वका २१ देश र ६० वटा सहर परिक्रमा गर्नेछ ।

सन २०१८ को अगस्त २७ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)को दुबईस्थित मुख्य कार्यालयबाट सुरु हुने यात्रा इङ्ल्यान्डको लर्डस क्रिकेट मैदानमा २०१९ जुलाई १४ मा पुगेर सकिने छ ।

नौ महिना लामो भ्रमणमा नेपालसँगै अमेरिका, जर्मनीलगायत विश्वकप खेल्ने राष्ट्रको परिक्रमा गर्ने आईसीसीले बताएको छ । नेपालमा भने त्यो ट्रफी पहिलो पटक भित्रन लागेको हो ।

आईसीसीले नेपालमा देखेको क्रिकेटको लोकप्रियतालाई मध्य नजर गर्दै त्यो ट्रफी २०१८ को अक्टुबर २७ देखि २९ का बीचमा काठमाडौं ल्याउने भएको छ ।
ट्रफी ओमान, वेस्ट इन्डिज, श्रीलंका, पाकिस्तान, बाङ्लादेश, भारत, न्यूजिल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका, केन्या, रुवान्डा, नाइजेरिया, फ्रान्स, बेल्जियम, नेदरल्यान्ड्समा पनि लगिने भएको छ ।

प्रमुख समाचार

कर्मचारी

View All