ताजा समाचार

News

अमेरिकी सिनेटर जोन मेकनको ८१ वर्षका उमेरमा निधन

२०७५ भदौ १० आइतबार
image not found

अमेरिकी सीनेटर जोन मेकनको निधन भएको छ । अमेरिकी राष्ट्रपति पदका लागि रिपब्लिकन पार्टीका तर्फबाट उम्मेदवारसमेत रहेका मेकनको ८१ वर्षका उमेरमा निधन भएको हो ।

उनी भियतनाम युद्धका एक भेट्रान सैनिक थिए । ब्रेन ट्युमरका कारण सन् २०१७ देखि थलिएका मेकनको उपचारकै क्रममा निधन भएको उनको कार्यालयले जनाएको हो ।

आफ्ना बुबाले अमेरिकी जनताको हित र प्रेमका लागि जीवन समर्पण गरेको छोरी मेघानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

६ पटक सिनेटमा रहेका मेकनलाई रिपब्लिकनले सन् २००८ का लागि अमेरिकी राष्ट्रपति पदको उम्मेदवार बनाएको थियो ।

भियतनाम युद्धका समयमा भने उनी युद्धक विमानका पाइलट थिए ।

उनले उडाएको विमानलाई भियतनामी सेनाले खसालेर उनलाई पाँच वर्षसम्म युद्ध बन्दी बनाएको थियो ।

युद्धबन्दी रहँदा चरम यातनाका कारण उनी अपांगसमेत बनेका थिए । मेकनको मृत्युमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प, पूर्व राष्ट्रपति बराक ओबामालगायत नेताले दुःख व्यक्त गर्दै श्रद्धाञ्जली दिएका छन् ।

प्रमुख समाचार

कर्मचारी

View All