ताजा समाचार

News

स्पेनिस ला लिगाः बार्सिलोना र एथ्लेटिको मड्रिड विजयी

२०७५ भदौ १० आइतबार
image not found

स्पेनिस ला लिगा फुटबल अन्तर्गत साविक विजेता बार्सिलोनाले रियल भालोडोलिडलाई पराजित गरेको छ ।

भालाडोलिडले घरेलु मैदानमा बार्सिलोनालाई गोल गर्ने अवसर नदिंदा जितका लागि निकै संघर्ष गर्नुपरेको थियो ।

तर, दोस्रो हाफमा ओस्मान डेम्बेलेले बार्सिलोनाका लागि गोल गरे । ५७औं मिनेटमा सेर्गी रोबर्टोको पासमा गरेको गोल नै बार्सिलोनाको जितका लागि निर्णायक बन्यो ।

खेलको अन्त्यतिर भालाडोलिडले बराबरी गोल फर्काए पनि भिडियो असिस्टेन्ट रेफ्रीले गोलको मान्यता दिएन ।

अर्को खेलमा एथ्लेटिको मड्रिडले भने रायो भालेकानोलाई १–० गोलले हरायो । खेलको ६३औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलका साथ एथ्लेटिको मड्रिड विजयी बनेको हो । 

प्रमुख समाचार

कर्मचारी

View All