ताजा समाचार

News

शिविरमै रोहिग्या शरणार्थीहरुले न्यायको माग गर्दै गरे प्रदर्शन

२०७५ भदौ १० आइतबार
image not found

म्यानमारको सैनिक दमनका कारण मुलुक छाड्न बाध्य भई छिमेकी देश बंगलादेशलगायतका मुलुकमा पुगेका रोहिग्या शरणार्थीहरुले न्यायको माग गर्दै प्रदर्शन गरेका छन् ।

सैनिक दमनको एक बर्ष पुगेको सन्दर्भमा उनीहरुले विरोध प्रदर्शन गरेका हुन् । आफन्तहरुमाथि भएको बर्बर हत्या, बलात्कार र अपहरणका घटनाको स्मरण गर्दै उनीहरुले आफु रहेको शिविरमै कार्यक्रम गरेका हुन् ।

सैनिक दमनका कारण म्यानमारका करिब सात लाख रोहिंग्याले म्यानमारको राखाइन राज्यबाट पलायन भएका थिए ।

बंगलादेशमा रहेको शिविरमा शरणार्थीहरुले शान्तिपूर्ण प्रदर्शन गरेका हुन् । उनीहरुले रोहिंग्याको जातीय नरसंहार भएको दिन अगस्त २५ कहिल्यै नआओस् भन्ने कामना पनि गरे ।

प्रमुख समाचार

कर्मचारी

View All