ताजा समाचार

News

बक्सिङतर्फ नेपाल पहिलो खेलमै पराजित

२०७५ भदौ १० आइतबार
image not found

एसियाली खेलकुदमा शनिबार भएको बक्सिङतर्फ नेपालका सबै ३ खेलाडी पहिलो खेलमै पराजित भएका छन् ।

पुरुष ४९ केजीमुनीको स्पर्धा फ्लाई वेटमा नेपालका तेज बहादुर देउवालाई थाइल्याण्डका खेलाडी खाम्फुभान खाम्साथोनले ३–१ ले पराजित गरे ।

यसैगरी पुरुष ६४ केजीमुनिको तौल समुहलाईट वेटमा भुपेन्द्र थापालाई जोर्डनका ओबादा अल्काश्बेहले ४-० ले पराजित गरे ।

बक्सिङकै महिला ६० केजीमुनिको तौल समुह लाईट वेटमा नेपालकी पुनम रावललाई चिनकी वेन्लु याङले ५-० ले पराजित गरिन् ।

हिजो सुरु भएको बक्सिङमा नेपालकी संगीता सुनार यसअघि नैं पराजित भइसकेकी छिन् ।

८ खेलाडी सहभागि बक्सिङमाअब नेपालका ४ खेलाडीहरु प्रेम चौधरी, दिपक श्रेष्ठ, विष्णु प्रसाद घले र बिमला श्रेष्ठले खेल्न बाँकी छ ।

प्रमुख समाचार

कर्मचारी

View All