ताजा समाचार

News

भेनेजुएलामा शक्तिशाली भूकम्प

२०७५ भदौ ६ बुधबार

६ भदौ, काठमाडौं -

महामहँगीको चपेटामा परेको भेनेजुएलामा शक्तिशाली भूकम्प गएको छ । भेनेजुएलाको पूर्वी तट एगुरापारोनजिक केन्द्रबिन्द्र भएर मंगलबार ७.३ म्याग्निच्युडको भूकम्प गएको हो ।

अमेरिकी भूगर्भ विभागले ७.३ म्याग्निच्युडको भूकम्पमापन गरे पनि भेनेजुएलाका सरकारी अधिकारीहरुले भने ६.३ म्याग्निच्युडको भूकम्प गएको बताएका छन् ।

धक्का १ मिनेटसम्म महसुस भएको थियो । धक्का भेनेजुएलाको राजधानी काराकाससम्म महसुस भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

काराकासमा रहेका पत्रकार स्टेफन पोजबनले कम्तीमा १ मिनेटसम्म भूकम्पको धक्का महसुस भएको सीएननलाई बताएका छन् ।

भूकम्पको धक्काले भागदौड मच्चिए पनि अहिलेसम्म मानवीय तथा भौतिक क्षतिको विवरण नआएको बताइएको छ । सरकारी अधिकारीहरुले सुनामीको खतरा समेत नरहेको औंल्याएका छन् ।

भेनेजुएलाको आन्तरिक मामिला मन्त्री नेस्टर लुइस रेभरोलले ट्वीटवरमार्फत सबै देशबासीलाई शान्त रहन आग्रह गरेका छन् ।

प्रमुख समाचार

कर्मचारी

View All