ताजा समाचार

News

कञ्चनपुर प्रशासन मुल गेटमा रिले अनसन

२०७५ भदौ ३ आइतबार
image not found
कञ्चनपुर, भदौँ ३ -
 
कञ्चनपुरको भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ बर्षिया निर्मला पन्तको बलात्कार हत्या भएको २५ दिन पछि जिल्ला प्रशासन कार्यालय महेन्द्रनगर मुल गेटमा आइतबार रिले अनसन गरिएको छ । 
 
हत्यारा सार्वजनिकको माग राख्दै अभिभावक सहित आमा समुह, स्थानीय, महिला अधिकारकर्मी र नागरिक समाजले आन्दोलन जारी राखेका छन् । आइतबार पनि कञ्चनपुरमा निर्माला हत्याकाण्डको बिरोध गरिएको छ । 
 
महिला नेतृ हेलन श्रेष्ठको नेतृत्वको दवावमुलक संघर्ष समिति र अधिकारकर्मी मिना भण्डारी संयोजकत्वको नागरिक संघर्ष समितिले हत्यारा सार्वजनिकको माग राख्दै आन्दोलन गरेका हुन् । दुवै संघर्ष समितिविच जिल्ला प्रशासन कार्यालय कञ्चनपुर मार्फत गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाउने सहमती अनुसार आ–आफ्नो ब्यानरमा प्रशासन पुगेका दुवै समुहविच विवाद भएको थियो ।
 
दुवै समुहविच विवाद भएपछि श्रेष्ठ नेतृत्वको संघर्ष समितिले प्रशासनको मुल गेटदेखि पुर्वपश्चिम राजमार्ग हुँदै महेन्द्रनगरमा बजारमा जुलुस निकालेका थिए । भने भण्डारी नेतृत्वको संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय कञ्चनपुरको मुल गेट छेउमै धर्ना दिएका थिए । निर्मला हत्याकाण्डको बिरोधमा दुवै समुहविच नेतृत्वको विषयमा विवाद हुँदा स्थानीय महिला आक्र्रोसित भएका थिए ।
 
 दवावमुलक संघर्ष समितिका संयोजक हेलन श्रेष्ठले गृहमन्त्रीलाई बुझाउने ज्ञापन पत्रमा दुवै समुहका संयोजकको नाम उल्लेख भएपछि आफ्नो दवावमुलक संघर्ष समितिले उक्त विषय स्वीकार नगरेको बताए । ‘हामी पहिले देखि आन्दोलनमै थियौँ, ‘उनले भनिन्, ‘आज पनि भोली पनि न्यायका लागि आमा समुह आन्दोलन जारी राख्छौँ ।’
 
नागरिक संघर्ष समितिका संयोजक मिना भण्डारीले निर्मला हत्याकाण्डका आरोपीलाई सार्वजनिक गर्न माग राख्दै प्रमुख जिल्ला अधिकारी कुमार खडका मार्फत ज्ञापन पत्र बुझाएको बताए । ज्ञापन पत्र बुझ्दै प्रजिअ खडकाले अनुसन्धान भईरहेको अवगत गराएका थिए । उनका अनुसार प्रशासनको मुल गेटमा टेण्ट राखेर रिले अनसन शुरु गरिएको छ ।
 
‘हामी नियमित बिहान ७बजेदेखि साँझ ७बजेसम्म रिले अनसन बस्छौँ, ‘उनले भनिन्, ‘हामी प्रशासनको मुल गेट तलाउँछौँ, अर्को समुह सडक तताउँछन् ।’ चौतर्फि आन्दोलन गरिएपछि सरकारी निकायाई दवाव पर्ने उनीहरुको भनाई छ ।  दुवै संघर्ष समितिले निर्मलाका हत्यारा सार्वजनिक नहुन्जेल र पीडित परिवारले न्याय नपाउँन्जेलसम्म आन्दोलन जारी राख्ने जनाएका छन् । 
 
निर्मला हत्याकाण्ड अनुसन्धान गर्नका लागि केन्द्रीय अनुसन्धान ब्यूरोका डिएसपी अंगुर जिसी र कञ्चनपुर प्रहरीले घटनाको चौतर्फिकोणबाट अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार अहिलेसम्म १५० जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिएको छ ।
 
 कञ्चनपुर प्रहरीले घटनाको सुक्ष्म रुपमा अनुसन्धान भईरहेको जनाउदै अनुसन्धान घनिघुत रुपमा भईरहेको जनाउदै आएको छ । घटना स्थलदेखि सम्भाव्य क्षेत्र र संस्कापद व्यक्तिलाई प्रहरीले निगरानीमा राखेर अनुसन्धान गरिरहेको छ । 
 
गत १० साउन होमवर्क गर्छु भन्दै साथी रोशनी बमको घर गएकी निर्मलाको ११ साउन शुक्रबार बिहान भीमदत्त नगरपालिका १८ निम्बुखेडा खोला नजिकै रहेको उखुबारीमा मृत अवस्थामा फेला परेकी थिईन् । उनको बलात्कार पछि घाँटी थिचेर हत्या भएको प्रहरीले जनाएको छ । होमवर्क गर्न गएकी छोरीको बलात्कार पछि हत्या भएको घटनाबाट अभिभावक त्रसित भएका छन् । 
 

प्रमुख समाचार

कर्मचारी

View All