ताजा समाचार

News

दाउरा बटुल्न सेती नदीको बाढी कुर्छन् बझाङका स्थानीय

२०७५ भदौ ३ आइतबार
image not found

बझाङ -

सेती नदी आसपासका स्थानीयबासिन्दा ज्यानै जोखिम राखेरे बाढी आएपछि सेती नदीमा पस्ने गरेका छन् । बाढीमा बढेसँगै काठहरु बगाएर ल्याउन थालेपछि सेती नदीको आसपासका स्थानीयवासीहरु ज्यान जोखिम राखेर दाउरा संकलन गर्न नदीमा पस्ने गरेका हुन् ।

बझाङको साइपाल हिमालबाट बग्दै आएको सेती नदीले वर्षा आउना साथ काठहरु बगाएर ल्याउन थालेपछि स्थानीय रात र दिनभर सेती नदीको किनारामा ज्यान नै जोखिममा राखि दाउरा संकलन गरिरहेको छन् । बषेर्नि सेती नदीले वर्षायाममा साना–ठूला काठहरु बगाएर ल्याउने हुँदाले सेती आसपासका स्थानीयवासीहरु दाउरा संकलनका लागि ज्यानलाई नै जोखिममा राखेर नदीमा पस्ने गरेका छन् ।

सेती नदीमा दाउरा निकाल्दा बर्षे्नि एक दुई जना मर्ने गरेका भए पनि स्थानीयवासीहरुले दाउरा निकाल्न छोडेका छैनन् । वर्षा सिजनमा सेतीबाट निकालेका दाउराले वर्षभर खाना पकाउन तथा हिँउदको समयमा मुढा ताप्न र पानी तताउनलाई काम लाग्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । सेती नदीमा आएका काठहरुले घर निर्माणमा समेत काम लाग्ने भएका कारण स्थानीयवासी बढी काठ निकाल्ने काम तिर लागेको बताउँछन् ।

स्थानीयबासिन्दा हिमाल गिरिले भने, ‘दाउरा मात्र नभएर मैले दुई दिनको अवधिमा तीन चार लाख बराबरको काठ निकालेको छु । दाउरा मात्रको कुरा गर्ने हो भने दुई वर्षलाई बाल्न पुग्ने दाउरा निकालेका छु ।’ सदरमुकाम चैनपुरलगायतका स्थानीय बजारहरुमा दाउरा एकदमै महङ्गो भएकाले साथै सेती आसपासका क्षेत्रमा जंगल कमै भएका कारण यस क्षेत्रहरुमा दाउराको समस्या हुने गर्दछ ।

बालक र वृद्घबाहेकका घरका सबै सदस्य दाउरा निकाल्न जाने प्रचलन रहेको छ । वषेर्नि सेतीमा दाउरा निकाल्दा कतिपयको ज्यान जाने गरे पनि स्थानीयले भने यस्तो परम्परा छोडेका छैनन् । उनीहरुले दाउरा पनि पाइने र राम्रो काठका बल्लीहरु पाएपछि आम्दानी पनि राम्रो भएका कारण ज्यानलाई जोखिममा राखेर दाउरा संकलन गरी रहेका छन् ।

सेती नदीको किनारा वारी–पारी दाउरा निकाल्नेहरुको भिड लाग्ने गरेको भए पनि स्थानीय सरकार, प्रशासनले सुरक्षाका लागि कुनै पनि कार्य नगरेको स्थानीयहरुको आरोप छ ।

सदरमुकाम चैनपुरलगायत सेती नदीको आसपास सुबेडा, डिलबगर, सुतिया, मालुमेला, बगरगाँउ, भण्डारी गाँउ, मोरीबगर, झोता, देउरा ठाँउहरुमा स्थानीय बाढी आएको मोका छोपी दाउरा निकाल्न सेती नदीमा जाने गरेका छन् ।

 

प्रमुख समाचार

कर्मचारी

View All