ताजा समाचार

News

बैतडीमा बाल विवाह न्यूनीकरणमा समस्या

२०७५ भदौ ३ आइतबार
image not found

बैतडी ३ भाद्र -

 
बैतडीमा बाल विवाह न्यूनीकरण गर्न समस्या भएको छ । स्थानीय तहका प्रत्येक वडाहरुमा बाल सञ्जाल गठन गरेर सक्रिय भए पनि बाल विवाह रोक्न समस्या भएको बाल सञ्जाल समितिहरुले जनाएका छन । 
 

जिल्लामा रहेका बाल क्लब, किशोरी समूह लगायत विभिन्न क्लबले बालविवाह न्यूनीकरण गर्न अभियान चालेपनि न्यूनिकरण गर्न निकै चुनौती रहेको उनीहरुको भनाइ छ ।


बैतडीका विभिन्न नगर तथा गाउँपालिकामा बालबिवाह न्यूनीकरण लागि गठन गरिएका  बाल सञ्जालहरुले बाल विवाह न्यूनीकरणका लागी जनचेतना जगाउन घरदैलो अभियान चालेपनि त्यति प्रभावकारी नभएको पाटन नगर बाल सञ्जाल समितिका अध्यक्ष खेमराज अवस्थीले बताए । 
साविकको सिद्धेस्वर गाविस हालको पाटन नगरपलिका वडा नं ८ र ९ लाइ २०७३ पौष १ गते बाल मैत्री घोषणा गरेको थियो ।  त्यसयता २८ किसोरीले उमेर नपुग्दै भागी विवाह गरेको वडा नं ८ का वडा अध्यक्ष पृथ्वीराज पन्तले बताए । 


अशिक्षा, गरिबी, बेराजगार, पुरातनवादी सोचका कारण बालविवाह भएपनि पछिल्लो समय स्वयं किशोरकिशोरी उमेर नपुगेर आफै भाग्दा पनि जिल्लालाई बालविवाह मुक्त गर्न चुनौती थपिएको छ । यस्तै जिल्लामा सञ्चार र सामाजिक सञ्जाल पनि भागी बिहेको गतिलो माध्यम बन्दै गएकाले यो अभियानमा निकै समस्या देखिएको बैतडी किशोरी सञ्जालका सदस्य भूवी बिष्टले बताइन् ।

 
यहाँका किशोर किशोरीले सञ्चारमाध्याम र सामाजिक सञ्जालको सही सदुपयोगको सट्टा दुरुपयोग हुँदै गएकाले बाल विवाह रोक्न समस्या भएको दशरथचन्द नगरपालिकाका उपप्रमुख मिना चन्दले बताइन् ।

प्रत्येक वडाहरुमा बाल सञ्जाल गठन गरेर न्यूनीकरणको प्रयास गरेपनि त्यसको प्रभाव कम परेको उप्रमुख चन्दले उल्लेख गरिन । नेपालमा सबैभन्दा बढी बाल विवाह हुने मध्ये बैतडी पाँचौ जिल्लामा पर्दछ । बैतडीलाई सन २०२२ सम्म बाल विवाह अन्त्य जिल्ला घोषणा गर्ने लक्ष्य रहेको छ ।

प्रमुख समाचार

कर्मचारी

View All