ताजा समाचार

News

एशियाली खेलकूद : ब्याडमिन्टनमा नेपाल क्वार्टरफाइनलमा

२०७५ भदौ ३ आइतबार

३ भदौ, काठमाडौं -

इण्डोनेसियाको जाकर्तामा जारी एशियाली खेलकुद प्रतियोगितामा नेपाल ब्याडमिन्टनको पुरुष टिम इभेन्टमा क्वार्टरफाइनल पुगेको छ ।

आइतबार भएको समूह चरणको खेलमा पाकिस्तानलाई ३–१ को सेटमा पराजित गर्दै नेपाल क्वार्टरफाइनल प्रवेश गरेको जाकर्ताबाट ब्याडमिन्टनका मुख्य प्रशिक्षक सुदिप योन्जनले जानकारी दिए । नेपाली पुरुष ब्याडमिन्टन टोलीमा रत्नजित तामाङ, दीपेश धामी, विकास श्रेष्ठ र नवीन श्रेष्ठ रहेका छन् ।

यस्तै महिला टिम इभेन्टमा नेपाल समूह चरणको खेलमा माल्दिभ्ससँग ३–२ सेटमा पराजित भएको छ । महिला ब्याडमिन्टन टोलीमा नङ्शलदेवी तामाङ, रसिला महर्जन, जेसिका गुरुङ र अमिता गिरी रहेका छन् ।

प्रमुख समाचार

कर्मचारी

View All