ताजा समाचार

News

बसबाट भन्सार छलेका सामान बरामद

२०७५ भदौ २ शनिबार
image not found

बेलौरीबाट महेन्द्र नगर जाँदै गरेको यात्रुवाहक बसमा भन्सार छलेर ल्याएको ९० हजार मूल्य बराबरको कपडा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल ३५ नम्बर गण कञ्चनपुरले ना ६ ख ५०८२ नम्बरको बसबाट ३ सय १० थान लेडिज सुट बरामद गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक विनोदराज श्रेष्ठले भन्सार छलेका सामान सहित गोर्खा घर भएका रुपेश अर्याललाई पक्राउ गरेको जानकारी दिए ।

पक्राउ परेका अर्याल र बरामद सामान भंसार बुझाइएको श्रेष्ठले बताए । तीज, गौरा नजिकिदै जाँदा कञ्चनपुरको पश्चिमी नाकाबाट लेडिज सुट तस्करी बढेको छ ।

प्रमुख समाचार

कर्मचारी

View All